आठौ राष्ट्रीय फुटवल प्रतियोगिता अन्र्तगत नेपालगञ्जमा आजबाट सुरु भएको पुरुष फुटवल प्रतियोगितामा प्रदेश नः ५ बिजयी भएको छ । गण्डकी प्रदेशले पहीलो गोल हाने प्रदेश नः ५ दवावमा परेको थियो । ३६ मिनेटमा विनोद केसीले गोल गर्दै ५ नम्बर प्रदेशलाई बराबरीमा ल्याए । खेलको ७१ मिनेटमा कपिलवस्तुका रोशन सेनले गोल गरेपछि ५ नम्बर प्रदेश विजयी भयो । उनको गोलनै प्रदेश नः ५ को जितका लागी निर्णायक गोल बन्यो ।
गण्डकीका प्रशिक्षक शम्भु केसीले रेफ्रीले खेलाडीलाई ‘कन्ट्रोल’मा राख्न नसकेको प्रतिक्रिया दिए । उनले पाएको मौकालाई सदुपयोग गर्न नसक्दा पराजित हुनु परेको बताए । ५ नम्बर प्रदेशका प्रशिक्षक श्याम श्रेष्ठले आफ्नो टीमले राम्रो खेलेको र केही राम्रा अवसरलाई सदुपयोग गर्न नसक्दा जीतको अन्तर कम भएको बताए ।
फुटवलमा प्रदेश नः ५ लाई जिताउन कपिलवस्तुका रोशन सेन बने हिरो


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअफगानिस्तान पुग्यो विश्वकपमा
१ घण्टा अघि
बाणगंगबाट लागुऔषधको मुख्य कारोबारी पक्राउ
६ घण्टा अघि