गृहपृष्ठ Featured एपिएफलाई हराउदै प्रदेश नः ५ लाई जिताउन फेरी बने कपिलवस्तुकै सञ्जु सेन हिरो

एपिएफलाई हराउदै प्रदेश नः ५ लाई जिताउन फेरी बने कपिलवस्तुकै सञ्जु सेन हिरो

प्रकाशित मिति:

आठौँ राष्ट्रिय खेलकुद अन्तर्गत दाङमा भईरहेको पुरुष फुटवलमा आफनो दोस्रो खेलमा पनि  प्रदेश ५ बिजयी भएको छ ।     प्रदेश ५ ले प्रतिद्वन्दी एफिएफलाई ३-२ गोलले पराजित गरेको हो । दोस्रो खेलमा कपिलवस्तुका सञ्जु सेनले निर्णायक गोल गर्दै प्रदेश नः ५ लाई जिताउन सफल भए ।   । पहिलो हाफमा २-१ ले पछि परेको स्थिती उल्टाउँदै प्रदेश ५ ले दोस्रो हाफमा दुई गोल गरेकाे िथयाे ।
प्रदेश नं. ५ को तर्फबाट जर्सी नं. ९ का पूर्ण गुरुङले एक गोल गरेपनि पहिलो हाफमा नतिजा २–१ ले सशस्त्र प्रहरीको एपिएफको पक्षमा थियो ।
दोस्रो हाफमा जर्सी नं. ७ का विवेक पुनले एक गोल गरेका िथए भने कपिलवस्तुका जर्सी नं. ८ का सञ्जु सेनले निर्णायक गोल गरी प्रदेश ५ लाई जिताउन सपफल भए । यो जित संगै प्रदेश ५ ले लगातार दोस्रो जित निकाल्दै ६ अंक बटुलेको छ । यस अघिको पहिलो खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई पराजित गरेको थियो ।

सम्बन्धित् समाचार