गृहपृष्ठ Featured कपिलवस्तुमा फुटबल क्रेज ः खेल हेर्न हजारौ दर्शक मैदानमा(भिडियो सहित)

कपिलवस्तुमा फुटबल क्रेज ः खेल हेर्न हजारौ दर्शक मैदानमा(भिडियो सहित)

प्रकाशित मिति:

कपिलवस्तुमा फुटवल हेर्न ४ हजार दर्शक मैदानमा आएका छन । फुटवलको क्रेज पछिल्लो समय बढदै गएको अवस्थामा आर्मी र एपिउफको खेल हेर्न हजारौ दर्शक मैदानमा आएका हुन । आठौ राष्ट्रीय खेलकुद प्रतियोगिता अन्र्तगत शनिबार भएको खेलमा विभागिय समुह एपिएफलाई हराउदै अर्को बिभागिय समुह त्रिभुवन आर्मी क्लव बिजयी भएको छ । एपिएफलाई ३÷० ले हराउदै आर्मी बिजयी भएको हो । ए पोल अन्र्तगत हालसम्मको सबैभन्दा बलियो समुहको रुपमा रहेको शसस्त्र प्रहरी बल एपिएफलाई आर्मी क्लवले हराएको हो । आर्मीलाई जिताउन खेलको ५० औ मिनेटमा इन्दीरा राई, ६४ औ मिनेटमा शर्मिला थापा र ६९ औ मिनेटमा कृष्णा खत्रीले गोल गर्दै आर्मी क्लवलाई जिताउन सफल भएका हुन । खेलको प्लेयरको अफ दि म्याचको उपाधि आर्मीकी इन्दीरा राइले पाइन । त्यस्तै शनिबार भएको अर्को खेलमा प्रदेश नः १ ले प्रदेश नः ६ लाई २÷० ले हराएको छ । सावित्रा मगरले सेकेण्ड हाफको २४ मिनेटमा गोल गरिन भने सृजा शाही(ओजीले) अर्को गोल गर्दै प्रदेश नः १ लाई जिताउन सफल भईन । खेलको म्यान अफ दि म्याच सावित्रा मगरले पााइन । आइतबारको पहिलो खेल प्रदेश नः १ र ४ बिच हुुने र दोस्रो खेल प्रदेश ६ र आर्मीबिच हुने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष छवि रेश्मी मगरले जानकारी दिए ।

 

सम्बन्धित् समाचार