गृहपृष्ठ Featured बाणगंगाको पिपरामा रहेका जनता मावि र जनता ज्ञानोदय आधारभुत बिद्यालय गाभिए

बाणगंगाको पिपरामा रहेका जनता मावि र जनता ज्ञानोदय आधारभुत बिद्यालय गाभिए

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकाका दुई बिद्यालय गाभिएका छन । बाणगंगा नगरपालिका वडा नः २ पिपरामा रहेको जनता मावि र जनता ज्ञानोदय आधारभुत बिद्यालय गाभिएका हुन । बाणगंगा नगरपालिका वडा नः २ मा भएको एक कार्यक्रममा सो बारे जानकारी गराइएको हो । पछिल्लो समय अग्रेजी मोह बढदै जानु र बिद्यालयमा बिद्यार्थी कम भएपछि बिद्यालय गाभिएको जनता ज्ञानोदय आधारभुत बिद्यालय पिपराकी प्रअ देवकला सुवेदी कमालले जानकारी गराइन । उनले समय सापेक्ष बिद्यालयले पनि गुणस्तरीयता बढाउन आवश्यक रहेको बताउदै बिद्यार्थी अनुसार बिद्यालय गाभ्न समेत अन्य क्षेत्रका प्रअ तथा ब्यवस्थापन समितिलाई आग्रह गरिन । जनता ज्ञानोदय आधारभुत बिद्यालयमा अव जनता माविका कक्षा ६, ७ र ८ बिद्यार्थीहरु राखेर अध्यापन गराइने योजना रहेको जनता माविका प्रार्चाय रमेश पन्थीले बताए ।
सो अवसरमा प्रदेश नः ५ का प्रदेश सभा सदस्य बिष्णु पन्थीले कम बिद्यार्थी भएका बिद्यालय गाभिनुको बिकल्प नरहेको बताउदै सो को लागी सम्बन्धीत सबैलाई सहयोग गर्न आग्रह गरेका छन । साथै सो अवसरमा बाणगंगा नगरपालिका शिक्षा प्रमुख खिम बहादुर जिसिले यो गाभिने प्रक्रिया जिल्लाकै लागी उदारणीय भएको बताए । सो अवसरमा बाणगंगा नगरपालिकाका उपप्रमुख चक्र अर्याल, वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेल लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार