नेपाली काग्रेस क्षेत्र नः १ को बैठक सम्पन्न भएको छ । बिभिन्न महत्वपुर्ण निर्णय गर्दै कपिलवस्तु क्षेत्र नः १ को बैठक बाणगंगा नगरपालिकाको गजेहडाको बिपि स्मति भवनमा सम्पन्न भएको हो । बैठकले सम्पन्न भएका वडा सम्मेलनको समिक्षा गर्नुका साथै भावी योजनाका बिषयमा रणनैतिक योजना तयार पारेको छ । बैठकमा बोल्दै प्रतिनिधि सासंद तथा नेपाली काग्रेसका केन्द्रीय सदस्य अत्तहर कमाल मुसलवानले दुई तिहाई सरकारका कारण जनताले दुख पाएको भन्दै यसको बिरुद्धमा आवाज उठाउन आवश्यक रहेको बताए । सो अवसरमा नेपाली काग्रेस कार्यबाहक क्षेत्रीय सभापति शालिक राम थारु, सचिव प्रेम नारायण पौडेल, सह सचिव चन्द्रकान्त पोखरेल, जिल्ला नेताहरु दुर्गा सेन, रवि काफले, बिष्णु न्यौपाने, बाणगंगा नगरसभापति बिष्णु थापा लगायतले आआफनो धारणा राखेका थिए । बैठकले आइतबार शेखर कोइराला कपिलवस्तुको चार नः आउने र बाणगंगा पार्टी प्यालेसमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको , जेठ ४ गते बाणगंगा नगरपालिकाको नगर सम्मेलन गर्ने निर्णय भएको काग्रेसले जनाएको छ ।
नेपाली काग्रेसको क्षेत्रीय बैठक सम्पन्न

