नेपाली काँग्रेस पार्टीको भातृ संगठन नेपाल तरुण दल कपिलवस्तुले जिल्ला प्रशासन कार्यालय कपिलवस्तु मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । तरुण दलका जिल्ला अध्यक्ष खोम बहादुर सिंह ठकुरी (शक्ति) को नेतृत्वमा जिल्ला सदस्य राजन आले, क्षेत्रिय सभापतिहरु राजेश उपाध्याय, तिलक थापा र क्षेत्रिय सदस्य पवन थापा सहितको तरुण युवाको टोलीले प्रमुख जिल्ला अधिकारी अर्जुन प्रसाद पोख्रेललाई ज्ञापनपत्र बुझाएको हो । तरुण दलको केन्द्रिय परिपत्र अनुसार बुझाईएको ज्ञापनपत्रमा निर्मला पन्तको घटनाका दोषीलाई कारवाही हुनु पर्ने, संस्थागत हुदै गएको भ्रष्टाचारलाई अन्त्य गर्नु पर्ने, वाईडवडी काण्डका भ्रष्टाचारीलाई कारवाही गर्नु पर्ने, एनसेलले बबुझाउनु पर्ने ७० अर्ब बढि कर असुलउपर गर्नु पर्ने, मेलम्ची परियोजना छिटो सम्पन्न गर्नु पर्ने र बालुवाटार जग्गा काण्डमा संलग्न नेकपा महासचिव बिष्णु पौडेल लगायतका व्यक्तिहरु माथी हदै सम्मको कारवाही गर्नु पर्ने ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापन पत्र बुझदै प्रजिअ पोख्रेलले आफुले ज्ञापनपत्र तत्कालै सम्बन्धित निकायमा प्रेषित गर्ने प्रतिबद्धता जनाए । नेपाल तरुणदलका मागलाई सरकार पुरा नगरे आफुहरु कडा आन्दोलनका कार्यक्रम गर्न बाध्य हुने तरुण दलका जिल्ला अध्यक्ष खोम बहादुर सिंह ठकुरी (शक्ति) ले बताए ।
तरुण दलद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैपौडी सिक्न गएका ९ बर्षीय बालकको डुबेर मृत्यु
५ घण्टा अघि
राप्ती नदीमा फसेका ३ जनाको सकुशल उद्धार
७ घण्टा अघि