गृहपृष्ठ खबर कपिलवस्तुमा करणी उद्योगको घटना मिलाईयो

कपिलवस्तुमा करणी उद्योगको घटना मिलाईयो

प्रकाशित मिति:

बिहिबार राती कपिलवस्तु नगरपालिका १ बसपार्कमा एक १८ बर्षिय किशोरी माथी जबरजस्ती करणी प्रयास गरिएको घटना प्रहरीले सामान्य घटना सरह सामसुम पारेको छ ।

बिहिबार राती करणी उद्योग गर्न खोजेका सवारी चालक र सहसाचकलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले शुक्रबार समितीका प्रतिनिधीको जिम्मा लगाई सामान्य घटना झै छोडेको खुल्न आएको छ । करणी उद्योगको आरोपमा नियन्त्रणमा लिईएका लु १ ख ३९४९ नम्बरको यात्रुबाहक बसका सवारी चालक स्याङ्गजाको गल्याङ्ग नगरपालिका ७ का बुद्ध बहादुर बिक र सहचालक सोही स्थानको वडा नम्बर ९ का छवीलाल भट्टराईलाई प्रहरीले बिना कारवाही छोडेको हो ।

पोखराबाट तौलिहवा आएको लु १ ख ३९४९ नम्बरको यात्रुबाहक बसमा चढेकी लम्जुङ्ग बेसीशहर घर भई पोखरामा बस्दै आएकी युवती बसमा चढेकी थिईन । शुरुमा नारायणघाट हुदै जाने भन्दै झुक्याएर बसमा चढाईएकी उनले बुटवलमा ओराल्दिन सहचालकलाई अनुरोध गरेकी थिईन । युवतीलाई नारायणघाट भन्दै चढाएको बस स्याङ्गजा हुदै आए पछि उनले पुनः बुटवलमा ओराल्दिन सहचालकलाई अनुरोध गरिन ।

तर पहिलो पटक पोखरा बाहिर आएकी उनलाई राती करिब ९ बजेको समयमा बसले सिधै तौलिहवा पु¥र्याएको खुल्न आएको छ । तौलिहवा पुगेकी उनलाई अब बुटवल जान सम्भव नभएको भन्दै बसका चालक र सहचालकले आफुहरुले सुरक्षित राखिदिने भन्दै बसपार्क भित्रै रहेको छपिया स्टाफ होटलमा पु¥र्याएका थिए । सो होटलमा पु¥र्याएर चालक र सहचालकले आफुहरु तिन जना सगै बस्ने भन्दै होटल सञ्चालक सँग एउटा कोठा मागे ।

होटल सञ्चालक गोपाल खरेलले युवती लिएर आउनेलाई आफुले कोठा नदिने भन्दै उनीहरुलाई फिर्ता पठाए । “राती एउटा कोठा माग्न आएका थिए । हामीले एउटै कोठामा तिन जना बस्ने भने पछि कोठा दिन मानेनौ ।” सञ्चालककी श्रीमती तुलसी खरेलले भनिन । होटलमा कोठा नपाए पछि आफन्तकोमा जाने भन्दै हिडेका उनीहरुले युवतीलाई नाम नखुलेको औषधी समेत खुवाउन प्रयास गरेको खुल्न आएको छ । आफुलाई औषधी खुवाउन खोजिए पछि शंका लागेर त्यहाँबाट फुत्किएकी युवतीले नयाँटोल चोकमा पुगी कपिलवस्तु नगरपालिका १ राजपुरकी मोमिना खातुनलाई रुदै आफु माथी करणीको प्रयास भएको भन्दै प्रहरीलाई भेटाई दिन आग्रह गरेकी थिईन । “युवतीले रुदै आफुलाई गाडीका चालक र सहचालकले गलत कर्म गर्न खोजेको भने पछि मैले उनलाई प्रहरी सँग भेटाई दिएकी थिए ।” स्थानिय मोमिना खातुनले भनिन । मोमिनाले प्रहरीको टोलीलाई भेटाए पछि पिडित युवतीले वडा प्रहरी कार्यालयको टोलीलाई आफु माथी घटेको घटना बताएकी थिईन । युवतीले घटना बिवरण बताए लगत्तै वडा प्रहरी कार्यालयको टोली पिडकको खोजतलासमा लागेको थियो । उता पिडित आफुहरुबाट उम्किए पछि घटनामा संलग्न चालक र सहचालकले गाडी लिएर भग्न थालेको अवस्थामा प्रहरी र स्थानियले उनीहरुलाई कपिलवस्तु नगरपालिका ३ भिक्षुचौकबाट नियन्त्रणमा लिएको थियो ।

सो क्रममा उनीहरुले अटेरी गर्न खोजे पछि प्रहरीको टोलीले उनीहरु माथी सामान्य कुटपिट गरि नियन्त्रणमा लिएको प्रत्यक्षदर्शी भिक्षुचौकका बसन्त बन्जाडेले बताए । बिहिबार राती करणी उद्योगको घटनामा नियन्त्रणमा लिईएका उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले आवश्यक अनुसन्धान बिनै सामान्य कागजात गरि बस व्यवसायी समितीका प्रतिनिधीको रोहबरमा छोड्नु रहस्यमय रहेको श्रोतको दाबी छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको मुद्दा फाँटमा सञ्चारकर्मीको टोली पुग्दा प्रहरीले अनुसन्धानका क्रममा नियन्त्रणमा लिईका उनीहरुलाई पश्चिम नेपाल बस व्यवसायी समितीका प्रतिनिधी अकवर अली रंगरेजको जिम्मा तथा सोही समितीका कर्मचारी कल्लु भन्ने बसन्त महरा र कपिलवस्तु यातायातका अध्यक्ष सन्तोष हमालको रोहबारको कागज बनाई जिम्मा लगाएको भेटिएको छ ।

जिम्मा लगाईएको कागजातमा सामान्य सोधपुछका लागी नियन्त्रणमा लिईएका उनीहरुलाई समिती प्रतिनिधीको जिम्मा लगाईएको उल्लेख छ । सञ्चारकर्मीको टोली जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा पुग्दा पिडित युवती महिला सेलमा रहेको भन्दै प्रहरीले पिडितलाई भेटन समेत दिएन । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक देवेन्द्र पाण्डेले घटना सामान्य रहेकाले नियन्त्रणमा लिर्ईएकालाई बस व्यवसायी समितीका प्रतिनिधीको जिम्मा लगाई छोडीएको बताए । जबरजस्ती करणी उद्योगमा संलग्नलाई मुलुकी अपराध (संहिता) ऐन २०७४ ले स्पष्ट रुपमा कारवाहीको व्यवस्था गरे पनि प्रहरीले घटनालाई सामान्य भन्दै छोड्नु रहस्मय देखिएको छ । जबरजस्ती करणी जस्तो जघन्य अपराधको घटनालाई सामान्य घटना सरह मिलाउने प्रबृत्तिले समाजमा दण्डहिनताले प्रसय पाउने सम्भाव्यता बढाएको एक मानव अधिकारकर्मीले बताए । “जघन्य अपराधको सो घटनालाई प्रहरीले केहि दिन अनुसन्धान गरेर अर्को प्रक्रियामा लैजानु पर्ने थियो ।” उनले भने ।

सम्बन्धित् समाचार