गृहपृष्ठ Featured काँग्रेसकाे राष्ट्रिय जागरण अभियान कपिलवस्तुमा शूरु

काँग्रेसकाे राष्ट्रिय जागरण अभियान कपिलवस्तुमा शूरु

प्रकाशित मिति:

नेपाली काँग्रेस पार्टीको आयोजनामा एक महिने राष्ट्रिय जागरण अभियान शूरु भएको छ । नेपाली काँग्रेस कपिलवस्तुले जिल्लाको गोरुसिङ्गेमा आयोजना गरेको राष्ट्रिय जागरण अभियानमा बोल्दै पार्टीका केन्द्रिय सदस्य डाक्टर चन्द्र भण्डारीले कम्युनिष्टको राष्ट्रबादको नारा एक बर्षमै फ्युज भएर कामै नलाग्ने भएको बताए । कार्यक्रममा बोल्दै नेता भण्डारीले कम्युनिष्टले राष्ट्रबादको करेन्ट प्रवाह गरेर चुनाव जिते पनि एक बर्ष नपुग्दै कटेन्ट फ्युज भै काम नलाग्ने भएको उनको व्यङ्ग थियो । कम्युनिष्ट सरकारको नारा असफल भएको बताउदै कम्युनिष्टलाई सत्तामा बस्ने नैतिक अधिकार सकिएको उनले दाबी गरे । सरकारको निती कार्यक्रमले देशको भुबनोटलाई छुन नसकेको बताउदै एकिकृत बस्ती र सुरुङ्ग मार्गको आवश्यकतामा उनले जोड दिए ।

 

राज्यकोषबाट केपी ओलीको महगो उपचार हुदै आए पनि ओलीले भ्रष्टाचार र हत्या हिंसाका घटना नभएको भन्दै ढाकछोप गर्ने गरेको भण्डारीले आरोप लगाए । बर्तमान सरकार असफल भएकाले सरकारबाट कुनै आशा अपेक्षा राख्न नसकिने उनको भनाई थियो । काँग्रेसले संबिधानमा महिला अधिकार सहित सबैको अधिकारको सुनिश्चितता गरेको भए पनि आफुले गरेका काम जनता माझ पुर्याउन नसक्दा निर्वाचन हारेको स्मरण गराउदै काँग्रेसका कार्य र भुमिका बारे पार्टी र नागरिकलाई सचेत बनाउन अभियान शुरु गरिएको भण्डारीको स्पष्टोक्ति थियो । कार्यक्रममा बोल्ने अधिकांसले बर्तमान सरकार भ्रष्टाचारको प्रर्यायबाची भएको आरोप लगाएका थिए । कार्यक्रममा पार्टी सभापति सुरेन्द्रराज आचार्य, पुर्व सभापति राजेश आचार्य, पुर्व क्षेत्रिय सभापति हरिराज घिमिरे, महिला संघ केन्द्रिय सदस्य ईन्दिरा भट्टराई, पार्टी नेता केशव श्रेष्ठ, जिल्ला सचिव प्रेम बहादुर रायमाझिले मन्तब्य दिएका थिए ।

सम्बन्धित् समाचार