बलात्कार गर्न खोज्ने २ जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरि लापरवाहीपूर्वक छाड्को छ । पोखराबाट तौलिहवा आउदै गरेको बसका चालकले झुक्याएर कपिलवस्तु पुरयाएकी एक युवतीलाई बस भित्रै बलात्कार प्रयास गरेका २ जनालाई छाडेको हो । नारायणगढका लागि हिडेकी लमजुंङकी १७ बर्षिया युवतीलाई बसका चालक र सह चालकले झुक्काएर बिहीवार साझ कपिलवस्तुको तौलिहवा पुरयाएका थिए । तौलिहवा पुरयाएर बस भित्रै बलात्कार प्रयास गर्दा उम्कन सफल भएकी युवतीको आरोपमा पीडितको जाहेरी पश्चात पक्राउ परेका लु १ ख ३९४९ नम्बरका बस चालक स्याङजाको गल्याङ नगरपालिका– ७ का बुद्ध बहादुर बिक र वाड नम्बर ९ तल्लो गल्याङ्ग– ९ का सह चालक छबीलाल भट्टराईलाई प्रहरीले विहिबार राती १० बजे पक्राउ गरि शुक्रबार छाडेको हो । प्रहरीले बलात्कार प्रयास गरेका व्यक्तिलाई आवश्यक कार्यवाही गर्नुको साटो छाडिएपछि प्रहरी शंकाको घेरामा छ । आर्थिक तथा राजनितिक चलखेलका कारण प्रहरीले दुबै करणी प्रयास गर्नेहरु छुटेको सुरक्षा श्रोतको दाबी छ ।
यसरी भएको थियो बलात्कार गर्ने योजना :
पोखराबाट बिहीवार बिहान तौहिलावका लागि छुटेको लु १ ख ३९४९ नम्बरका बस चालक स्याङजाको गल्याङ नगरपालिका– ७ का बुद्ध बहादुर बिक र वाड नम्बर ९ तल्लो गल्याङ– ९ का सह चालक छबीला भट्टराईले मगर थर भएकी लमजुङकी १७ बर्षिया युवतीलाई झुक्काएर तौलिहवा ल्याए । बस करिब ८ बजेतिर तौलिहवा बस पार्क पुग्यो । ती गाडीका चालक र सह चालकले तौलिहवाको बस पार्कमा रहेको न्यु छपिया होटलमा साढे नौ बजेतिर बलात्कार योजना सहित कोठा बुक गर्न गएका थिए । होटलका मालिक गोपाल खरेलले उनीहरुसंग युवती देखे पछि कोठा दिन मानेनन् । त्यसपछि कोठा पाइएन होटलमा बसभित्रै सुत्न भन्दै बस भित्र लैजादा युवतीले प्रतिवाद गरिन् । जर्बजस्ती लैजादा युवती भागेर प्रहरी समक्ष पुगिन् ।
के गर्याे प्रहरीले :
आफुलाई नारायणघाट पुरयाईदिने भन्दै बलात्कारको योजना बनाई तौलिहवा पुरयाइएकी युवती बलात्कारीको चंगुलबाट राती ९ बजे उम्कीएर प्रहरी समक्ष पुगिन र उजुरी गरिन् । लगत्तै प्रहरीले चालक बुद्ध विक र सहचालक छबीलाल भट्टराई गाडी सहित भाग्ने क्रममा पछ्याउदै भिक्षुचोकबाट पक्राउ गरयो । त्यस दिन राती प्रहरीले नियन्त्रणमा राख्यो । घटना पछि त्रसित युवतीलाई प्रहरीले महिला सेल मातहत साथी संस्थाको आश्रय स्थलमा राख्यो । शुक्रबार दिउसो २ बजे प्रहरीले पश्चिम नेपाल बस व्यवसायी संघका कर्मचारी अकबाल अली रंगरेजको जिम्मामा छाड्यो । करणी प्रयास अन्र्तगत कारवाही गरि युवतीलाई न्याय दिलाउनुको साटो प्रहरीले सामान्य विवादको घटना भएको भन्दै वेवास्ता गरि छाड्यो ।
यस्तो भन्छन् अधिकारकर्मी र प्रहरी :
महिला अधिकारकर्मी माधुरी श्रेष्ठले युवती बलात्कार प्रयास गर्नेलाई पुनः पक्राउ गरि थप अनुसन्धान गर्न माग गर्नुभएको छ । प्रहरीले दबाब र प्रभावमा अपराधीलाई उनमुक्ति दिन नमिल्ने बताउदै तत्काल कारवाही गर्न प्रहरी समक्ष आग्रह गर्नुभयो । अलिले ती युवती बोल्न समेत डराएकी छिन । उता चालक र सह चालकले युवती आफुहरुसंग सहमिति मै आएको बयान दिएको प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेयले जानकारी दिनुभयो । उहाले चालक र सह चालको त्यसमा कुनै गतल मनासय नेखिएकाले काजज गराई छाडिएको दाबी गर्नुभयो । ‘ हामीले सोधपुछ गर्दा त्यस्तो शंकास्पद कुरा देखिएन, दबाब र प्रभाव ले होइन उहाले भन्नुभयो । तर कानुन ब्यवसायी अनुसार सो मुद्दामा प्रहरीले जबरजस्तकरणी वा अपरहणको मुद्दा चलाउन सक्ने दाबी गरेका छन् । सामान्य रुपमा जिस्क्याउदा त आशयकरणीको मुद्धा चलाउने प्रहरीले बलात्कार प्रयासलाई सामान्य घटनाको रुपमा लिनु निकै लज्जास्पद निर्णय भएको र यसले प्रत्यक्ष रुपमा युवती पिडित बनेको कानून व्यवसायीहरु बताउछन् ।
साभार ः प्रेसपार्टी डटकम