वैसाख २७ वैखरी
एन आई सी एसिया बैँकको साखा रहित बैँकिङ्ग सेवा वाणगंगा नगरपालिका ९ , स्थित जिनुवामा सम्उदघाटन गरिएको छ । गाउँमै बैँक सेवाको सुविधा उपल्बध गराई जनता माझ सहज रुपले आफ्नो सेवा दिन साखा रहित बैँकिङ्ग सेवा विस्तार गरेको जनाइएको छ ।
उप – प्रदेशिक वुटवलका प्रमुख राजन प्रसाद पोख्रेलको अध्यक्षता तथा वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष धुव्र बेल्वासेको प्रमुख आथितियतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साखा रहित बैँकिङ्ग सेवाको प्रविधिक कुराहरुको जानकारी प्रकास पन्थीले दिनुभएको थियो । उहाँले साखा रहित बैँकिङ्ग सेवाको बारेमा जानकारी दिदैँ यसका फाइदाहरु बारे तथा सञ्चालन प्रक्रिया लगायतको जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी बेल्वासेले एन आई सी एसिया बैँकको चौतर्फि प्रशंसा गदैँ आफु तथा वाणगंगा नगरपालिका वडा नम्बर बाट सम्पुर्ण सहयोग गर्ने कुरा व्यक्त गदैँ सम्पुर्णले यस साखा रहित बैँकिङ्ग सेवाको सदुपयोग गरेर यसको साखा नै भलवाड ल्याउने र साखा रहित बैँकिङ्ग सेवाले राम्रो काम गरेको खण्डमा सुरक्षताको लागि आफु सक्दो सहयोग गर्ने बताउनु भएको थियो ।
अन्य बैँकको तुलनामा बढी सुविधा दिएको क वर्गको बैँकको साखा रहित बैँकिङ्ग सेवा वाणगंगा ९ मा आउदा आफु निकै खुसि रहेको बताउनु भएको थियो । कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा वाणगंगाका ९ का बासिन्दाको बाक्लो उपस्थिती थियो । कार्यक्रममा एन आई सी एसिया बैँकको साखा रहित बैँकिङ्ग सेवा प्रतिनिधि नवराज बेल्वासेलाई बैँकको आधिकारीक मेसिन हतान्तरण गरिएको थियो । कार्यक्रम राम कृष्ण काफ्लेको स्वागत मन्तव्य , अभिकर्ता नवराज बेल्वासेको सहजिकरण तथा जितपुर साखा प्रमुख अर्जुन प्रसाद तिमिलसिनाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रम समापन गदैँ उप – प्रदेशिक वुटवलका प्रमुख राजन प्रसाद पोख्रेलले आफु यस क्षेत्रमा साखा रहित बैँकिङ्ग सेवा विस्तार गर्न पाउदा एक खुसी रहेको बताउदै यदि वाणगंगा ९ का बासिन्दाले यसलाई पुर्ण रुपमा सहयोग गदैँ यसलाई सदुप्रयोग गरेको खण्डमा यहाँ ए.टि.एम मेसिन तथा साखा नै विस्तार गर्न कुरा व्यक्त गदैँ एन आई सि एसियाले अन्य बैँकको तुलनामा धेरै सेवा भएको चमत्कारी बचत खाताको बारेमा जानकारी दिनु भएको थियो र कार्यक्रममा उपस्थित सबैमा कृतज्ञता प्रकट गदैँ कार्यक्रम औपचारिक रुपमा घोषणा भएको थियो ।