गृहपृष्ठ Featured कपिलवस्तुमा अवैधानिक रुपमा ड्राइभिङ्ग सेन्टर अझै सञ्चालनमा

कपिलवस्तुमा अवैधानिक रुपमा ड्राइभिङ्ग सेन्टर अझै सञ्चालनमा

प्रकाशित मिति:

कपिलवस्तुमा अवैधानिक रुपमा मोटर ड्राइभिङ्ग सेन्टर अझै सञ्चालनमा रहेको पाइएको छ । यातायात ब्यवस्था विभागमा दर्ता भई सञ्चालनमा हुनुपर्नेमा बिना दर्ता कपिलवस्तुमा ड्राइभिङ्ग सेन्टर सञ्चालनमा रहेका हुुन । अवैधानिक रुपमा मोटर ड्राइभिङ्ग सेन्टर सञ्चालमा आएको खबर बारम्बार सञ्चार माध्ययममा आएता पनि सम्बन्धीत निकाय मौन रहेका छन । कपिलवस्तुको बाणगंगा नगरपालिका बनगाईमा मल्ल ड्राइभिङ्ग सेन्टर , बाणगंगाको कोपवामा रहेको कोपवा ड्राइभिङ्ग सेन्टर, बुद्धभुमि नगरपालिकामा रहेको आयुषा ड्राइभिङ्ग सेन्टर र फेमस ड्राइभिङ्ग सेन्टर बिना दर्ता सञ्चालनमा रहेका छन । ड्राइभिङ्ग सेन्टर सञ्चालनका लागी आफनै मोटर साइकल र कार यातायात ब्यवस्था विभाग दर्ता गरी प्रयोगात्मक अभ्यासका लागी आफनै पुर्वाधार हुनुपर्ने प्रावधान रहेको यातायात ब्यवस्था विभागका निमित्त प्रमुख निशेष मर्हजनले बताए । यी ड्राइभिङ्ग सेन्टर दर्ता नरहेको बताउदै निमित्त प्रमुख मर्हजनले कारबाहीका लागी आवश्यक पक्रिया यातायात ब्यवस्था विभागले थाल्ने बताएका छन । सवारी साधन सिकाउने नाममा दर्तानै नगरी ड्राइभिङ्ग सेन्टर सञ्चालन गरेकाले ठगी मुद्धा समेत चलाउने उनले बताए । बिना दर्ता यसरी ड्राइभिङ्ग सेन्टर सञ्चालनमा आएकोले यातायात ब्यवस्था विभागले यसलाई गम्भीरताका साथ लिएको उनले बताए । साथै यस विभाग अन्र्तगत पर्ने सबै क्षेत्रमा पनि अव दर्ता नभई ड्राइभिङ्ग सेन्टर सञ्चालन भएको हुन सक्ने आशंका उत्पन्न भएकाले अव आफै यसको निगरानी गर्नेमा विभाग रहेको बताए ।

उता जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख अर्जुन पोखरेलले अवैधानिक रुपमा बिना दर्ता सञ्चालनमा रहेको ड्राइभिङ्ग सेन्टरका बारेमा प्रमाण सहित आएमा जिल्ला प्रशासन कार्यालयले कडा भन्दा कडा कारबाही गरिने बताएका छन । राज्यको निति भन्दा बाहिर गएर कसैले बिना दर्ता मनपरि रुपमा कुनै कार्य गर्दै आएको भए सो कार्य राज्यको कानुन विपरित भएको बताउदै उनीहरुलाई कडा भन्दा कडा कारबाही हुने उनले बताए । बनगाईको मल्ल ड्राइभिङ्ग सेन्टरले लु१च २१८०, गोरुसिङ्गेमा रहेको आयुषा ड्राइभिङ्ग सेन्टरले लु१च २०३६ र फेमस ड्राइभिङ्ग सेन्टरले लु२च ४६७ नःको कार सिकाउनका लागी प्रयोग गर्दै आएका छन । जुन सवारी साधनबाट सिकारुलाई साधन चलाउन सिकाइन्छ ती सवारी साधनको नः यातायातमा दर्ता भई ड्राइभिङ्ग सेन्टर सञ्चालन हुनु पर्ने नियम रही आएको छ । यसरी अवैधानिक रुपमा किन ड्राइभिङ्ग सेन्टर सञ्चालन गरेको भन्ने प्रश्नमा आयुषा ड्राइभिङ्ग सेन्टरका सञ्चालक लाल बहादुर खत्रीले ड्राइभिङ्ग सेन्टर दर्ता पक्रियामा रहेको बताए । यसरी अवैधानिक रुपमा सञ्चालनमा रहेका ड्राइभिङ्ग सेन्टरमा सवारी साधन चलाउन सिक्नेहरु अलमलमा पर्नुका साथै राज्यलाई राजश्वमा समेत घाटा लागेको छ । यातायात ब्यवस्था विभाग , जिल्ला प्रशासन कार्यालयको अनुगमनमा लापर्वाही गरेको कारण यसरी ड्राइभिङ्ग सेन्टर सञ्चालनमा आउनु दुखत भएको सरोकारवालाले बताएका छन । केही ड्राइभिङ्ग सेन्टरहरुले यातायात ब्यवस्था विभागमा दर्ता गरी सञ्चालन गरेता पनि शाखा राख्न नपाउने नियम भएकोमा रुपन्देही जिल्लामा एउटै नामबाट शाखाका रुपमा अवैधानिक तवरबाट ड्राइभिङ्ग सेन्टर सञ्चालनमा रहेका छन । हाल जिल्लाका बिभिन्न क्षेत्रमा सञ्चालित अन्य केही ड्राइभिङ्ग सेन्टरहरु दर्ता रहेता पनि बिगत केही बर्षबाट नविकरण नभई सञ्चालनमा रहेको समेत पाइएको छ ।

सम्बन्धित् समाचार