गृहपृष्ठ Featured अनियन्त्रित उत्खनन स्थलमा डुबेर कपिलवस्तुमा बालकको मृत्यु

अनियन्त्रित उत्खनन स्थलमा डुबेर कपिलवस्तुमा बालकको मृत्यु

प्रकाशित मिति:

जिल्लाको बुद्धभुमी नगरपालिका वडा नं. ३ स्थित झिगहा खोलामा लगाईको ठेक्कास्थलमा गरिएको अनियन्त्रित उत्खननका कारण बनेको पानीको दहमा डुबेर एक बालकको ज्यान गएको छ । सोही वडाको सेमराका ११ का सुजन तम्लामी मगरको पानीमा डुबेर मृत्यु भएको हो । बुद्धभुमी नगरपालिकाले आव्हान गरेको ठेक्का सकारेको आचार्य विल्डर्स प्रा.लि.ले सो खोलाबाट अनियन्त्रित रुपमा नदीजन्य पदार्थ निकासी गर्दै आएको जन गुनासो आउदै गर्दा सो घटना भएको हो । झिगवा खोलाको उत्खननस्थलको दहमा बालक डुबेको र निजको उचारको क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गोरुसिंगेका प्रहरी निरिक्षक सुवास खड्काले जानकारी दिए । “घटनाको जानकारी पाए लगत्तै बुद्धभुमी ३ को झिगवा खोलाको घटनास्थलमा प्रहरीको टोली पठाएका छौ । ” प्रहरी निरिक्षक खड्काले भने । कर सहित ९१ लाख २६ हजार ४ सय ५२ रुपैयामा १९ हजार ९ सय ६५ धन मिटर नदीजन्य पदार्थ निकाल्ने गरि ठेक्का लिएको आचार्य बिल्डर्सले नगरपालिका सँग गरेको सम्झौताको ठाडो उल्लघंन गर्दै आएको छ । सो फर्मले सम्झौताको ७ नं. बुदामा १ मिटर गहिराई सम्म नदीजन्य पदार्थ झिक्न पाउने सहमती गरेको भए पनि २÷३ मिटर गहिराईमा गई अनियन्त्रित रुपमा नदीजन्य पदार्थ झिक्दा खोलामा दह बनी सो घटना हुन आएको खुल्न आएको छ । खोलाको ठेक्का आचार्य बिल्डर्सले लिए पनि स्थानियस्तरमा समन्वय गर्ने कार्य भने काँग्रेसका बुद्धभुमी नगर सभापति हिमलाल न्यौपाने (राम प्रसाद) ले गर्दै आएका छन । नगर प्रमुख सहितका जन प्रतिनिधीलाई प्रभावमा पारेका न्यौपानेकै कारण बुद्धभुमी नगरपालिका र जिल्ला अनुगमन समितीले अनियन्त्रित उत्खनन हुदाँ समेत कुनै कारवाही गर्न सकेको छैन ।

ठेक्का सकारेको सो फर्मले सम्झौता बिपरित नदीजन्य पदार्थको उत्खनन गरेको समाचार पटक पटक प्रकाशन भए पनि बुद्धभुमी नगरपालिका र जिल्लास्तरीय अनुगमन समितीले समयमै ध्यान नदिदा सो घटना भएको स्थानियको आरोप छ । यस अघि झिगवा खोलामा मापदण्ड मिचेर नदीजन्य पदार्थ उत्खनन हुदै आएको समाचार बुटवल टुडेले बैशाख ९ गते प्रमुखताका साथ प्रकाशित गरेको थियो । नदीजन्य पदार्थ निकासी गर्ने क्रममा निजले सम्झौता विपरित गैर कानुनी रुपमा नदीमा डोजर प्रयोग गरी उत्खनन गर्दै नदीजन्य पदार्थहरु निकासी गरेकोमा स्थानिय बासीहरुले डोजर प्रयोग नगर्न बारम्बार आग्रह गर्दै आएका थिए । स्थानियको आग्रहको लाई नजरअन्दाज गर्दै ठेकेदार पक्षले नगरपालिकासंग सम्झौता गरी लिएकोले डोजर वा स्काभेटर प्रयोग गर्ने बिषय आफुहरुको बिवेकमा भर पर्ने भन्दै जवाफ दिने गरेको एक स्थानियले बताए । सम्झौता बिपरित १०÷१५ फिट गहिराई सम्मका खाडल खनी गैर कानुनी रुपमा कानुनलाई धज्जी उठाउँदै नदीजन्य पदार्थ ढुङ्गा, गिठ्ठी, बालुवा निकासीकै कारण गहिरो दह बन्दा दुर्घटना निम्तिएको स्थानियको भनाई छ । उक्त प्रा.लि.ले डोजर प्रयोग गरी खनेको खाडलमा परि पानीमा डुबेर भएको मृत्युको घटनाले स्थानिय त्रसित बनेका छन । घटना पछि मृतकका परिवार शोकमग्न अवस्थामा छन । मृतक बालक त्रिशक्ति आधारभुत विद्यालयमा अध्ययनरत थिए ।

सम्बन्धित् समाचार