गृहपृष्ठ Featured कसरी पायो लालीगुराँसले राष्ट्रिय फूलको मान्यता ?

कसरी पायो लालीगुराँसले राष्ट्रिय फूलको मान्यता ?

प्रकाशित मिति:

नेपाल भूभागभित्र सयपत्री, मखमलीजस्ता सयौँथरी फूल छन। गुराँसभित्रै अनेकौँ प्रजाति छन् तर लालिगुराँसलाई नै किन राष्ट्रिय फूल बनाइयो होला? यो प्रसङ्ग र पञ्चायतको शुरुवातबीच नजिकको सम्बन्ध छ। वनस्पति विद्हरुको सुझावलाई दरबारले ग्रहण गरेपछि पञ्चायती व्यवस्था (२०१९) यता लालिगुराँसले राष्ट्रिय फूलको पहिचान पाएको हो।

तत्कालिन राजा महेन्द्रले २०१९ पुस १ गते सार्वजनिक गरेको संविधानले राष्ट्रिय जनावर, पन्छी, फूल, झण्डा, रङसहित अन्य राष्ट्रिय पहिचान सूचिकृत गरेपछि लालि गुराँसको परिचय फराकिलो बन्यो । यो खबर आजको समाचारपत्र दैनिकमा दीका बन्धनले लेखेका छन्। पञ्चायतलाई सबल, सक्षम बनाउन संविधानको गृहकार्य भइरहेका बेला राष्ट्रिय फूलको पनि खोजी भएको र वनस्पति विभागले दिएको सुझावका आधारमा लालिगुराँसले राष्ट्रिय÷अन्तर्राष्ट्रिय पहिचान पाएको वनस्पतिविद् डा.तीर्थबहादुर श्रेष्ठले बताए।

‘दरबारले विज्ञहरुको धारणा माग्यो, हामीले धेरै विकल्प खोज्यौ, पटक–पटकको छलफल पश्चात पृथक अनि वृक्षकदको फूललाई राष्ट्रिय फूलका लागि सिफारिस गरेका थियौ’– विगत स्मरण गर्दै उनले भने । विभागका तत्कालिन सिनियर बोटानिस्ट प्रयागराज पाण्डे नेतृत्वको टोलीले दरवारलाई त्यस्तो सुझाव दिएको थियो। मुलुकको पूर्वदेखि सुदुरपश्चिमका विभिन्न ४३ जिल्लाका मध्य तथा उच्च पहाडी भेगमा ३१ प्रजातीका गुराँस पाइन्छ ।

लालिगुराँस भने मेचीदेखि महाकालीसम्म फैलिएकाले यो वनस्पतिलाई राष्ट्रिय पहिचानका लागि सिफारिस गरिएको थियो। लालिगुराँसले राष्ट्रिय पहिचान पाएको केही महिना भित्रै इजरायलको हाइफा शहरमा भएको विश्वका बहुसंख्यक मुलुकको राष्ट्रिय फूलको चित्र प्रद र्शनीमा नेपालले समेत भाग लिएको श्रेष्ठले बताए।

सम्बन्धित् समाचार