गृहपृष्ठ Featured तौलिहवामा एक दिने निःशुल्क आखा शिबिर संपन्न

तौलिहवामा एक दिने निःशुल्क आखा शिबिर संपन्न

प्रकाशित मिति:

कपिललवस्तु नगरपालिका वडा नम्बरको १ को कार्यालय र नेपाल नेत्र ज्याति संघ कपिलवस्तुले तौलिहवामा एक दिने निःशुल्क आखा शिबिर संपन्न गरेका छन । वडालाई दृष्टिविहीनता मुक्त वडा बनाउने अभियान अन्र्तगत कार्यक्रम गरिएकोहो । सोही अभियान अन्र्गत राखिएको शिबिरमा उपचार नपाएका दृष्टिविहीनहरुको निःशुल्क उपचार गरिएको हो । नयाँ दृष्टिविहीन बढन नदिन सचेतना र उपचारका कार्यक्रम सञ्चालन गरिएको वडा अध्यक्ष सुदीप पौडेलले बताए । ।शिविरमा २ सय ६५ बढीको उपचार गरिएको पौडेले बताए । शिबिरमा ३३ जना मोतिया बिन्दुका रोगी फेला परेको तौलिहवा आखा अस्पतालका ब्यवस्थापक प्रशान्त कार्कीले बताए । शिविरमा उपचारसँगै निशुल्क औषधि वितरण तथा अति गरीब, विपन्न र जेष्ठ नागरिक गरी ३३ जनालाई निःशुल्क चश्मा समेत दिइएको छ शिविरमा पत्ता लागेका मोतियाबिन्दुका बिरामीलाई आँखा अस्पतालले निःशुल्क शल्यक्रियाको सेवा दिने सघका अध्यक्ष रमेश शर्माले बताए ।

सम्बन्धित् समाचार