गृहपृष्ठ खबर विप्लव नेतृत्वले कार्यकर्ताको निधनप्रति दुख व्यक्त । कपिलवस्तु जिल्लामा पनि श्रद्धाञ्जली सभा सम्पन्न ।

विप्लव नेतृत्वले कार्यकर्ताको निधनप्रति दुख व्यक्त । कपिलवस्तु जिल्लामा पनि श्रद्धाञ्जली सभा सम्पन्न ।

प्रकाशित मिति:

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्नो पार्टीका नेता कार्यकर्ताको निधनप्रति दुख व्यक्त गर्दै शुक्रवार
देशभर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ । कपिलवस्तु जिल्लामा पनि जिल्लाको विभिन्न स्थानमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका कपिलवस्तु जिल्ला सेक्रेटरी सुनिलले पार्टी कार्ययोजना पूरा गर्ने क्रममा होनहार कमरेडहरुले बलिदान दिनुपरेको कुरा स्पष्ट पार्दै एकीकृत जनक्रान्तीमा ७ जना सहिद बनिसकेको र उहाँहरु प्रेरणाको श्रोत भएको बताउनुभयो । उहाँले महान सहिदहरुको रगतले देखाएको बाटोमा निरन्तर अविचलित पाईलाहरु चाल्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो।

जनयुद्धको मूल्य र मान्यतालाई भुलेर जसरी के पि, प्रचण्डले नेपालमा फासिवाद लादी रहेका छन् त्यसको अवसान पनि छिट्टै हुने र एकीकृत जनक्रान्ती मार्फत आम नागरिकको मौलिक अधिकार सुनिश्चित गर्ने बताउनु भयो । हिजो देखि आजसम्म आई पुग्दा परिवर्तनको विरुद्ध थुप्रै प्रतिबन्ध लाग्दै आएको र त्यो कहिले पनि नटिकेकोले जनताको शक्ति नै प्रधान हुने भएकोले अब फेरि पनि नेपाली नागरिकले यो दलाल राज्यसत्तालाई छुट नदिने कुरा पनि बताउनु भएको थियो ।

केपि(प्रचण्डहरुको दमनको कारणले आन्तरिक दुर्घटनामा सहिद बन्नु परेको भन्दै उहाँले अब सहिदका रगतको बदला लिने बेला आएको बताउनु भयो । गत जेष्ठ ७ गते भोजपुरको दिक्लामा प्रहरीको गोलि लागेर तिर्थराज घिमिरेको निधन भएको थियो ।

सोही घटना विरुद्धमा संघर्षको कार्यक्रम घोषणा गरेको समय आन्तरिक दुर्घटनामा गोकुल पुन मगर (महान), विभुराम बिश्वकर्मा (दिपेन्द्र), प्रज्वल शाही, कृष्ण भण्डारी (निरन्तर) को सहादत भएको भन्दै सबै सहिदहरुको सपना पूरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा विकल्प थारु, सन्तोष परियार, त्रीपाल कोरीले मन्तव्य दिनुहुँदै आफूहरुले सहिहरुको सपना साकार पारेरै छाड्ने बताउनुभएको थियो । जिल्लाको शुद्धोदन नगरपालिकाको वडा नम्बर ६, वनकट्टी, दुविया, शिवगढी, त्रिपालनगर र शिवपुरमा सम्पन्न गरिएको थियो । आज सम्पन्न कार्यक्रमको संचालन रुपा बुढा मगरले गर्नुभएको थियो ।

सम्बन्धित् समाचार