गृहपृष्ठ Featured सैनामैना नगरपालिकाको अनुदान, ८७ जना किसानलाई वितरण गरियो ७० लाख

सैनामैना नगरपालिकाको अनुदान, ८७ जना किसानलाई वितरण गरियो ७० लाख

प्रकाशित मिति:

सैनामैना ३ मा गाईगोठ संचालन गर्दै आउनुभएका डिलु अर्याल नगरपालिकाको अनुदान पाए पछि खुशी हुनुहुन्छ । सैनामैना नगरपालिकाले गोठ सुधारका लागी रु १ लाख अनुदान अर्याललाई दिएको हो । उहाँले सैनामैना ३ मा ब्यवसायिक गाई पालन गर्दै आउनुभएको छ ।
यस्तै सैनामैना ४ की सरला अधिकारी पनि च्यापकटर पाए पछि बाख्रा पालनमा सहज हुने बताउनु भयो । उहाँले सैनामैना ४ मा ब्यवसायिक बाख्रा पालन गर्दै आउनु भएको छ ।
सैनामैना नगरपालिकाले डिलु र सरला जस्तै ८७ जना कृषकलाइ लागत सहभागिता र मागमा आधारित कृषि बिकास कार्यक्रम अन्तरगत गाई भैसी गोठ सुधार कार्यक्रम अन्तरगत ५० प्रतिशत अनुदानमा ८७ जनालाई करिब ७० लाख अनुदान दिइएको हो । अनुदान कार्यक्रमको लागी नगरपालिकाले प्रस्ताव माग गरेसंगै आएका प्रस्तावको शतप्रतिशत कृषकलाई अनुदान दिइएको हो ।
सैनामैनामा एक औपचारीक कार्यक्रमको आयोजना गरी अनुदान घोषणा गरिएको हो ।
अनुदान कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैनाका नगर प्रमुख चित्र बहादुर कार्कीले कृषक र किसानलाई सम्मान गर्न सके मात्र देश समृद्ध बन्ने बताउनु भएको छ । घरघरमा खुशीयाली ल्याउन सके मात्र बिकास हुने बताउँदै कार्कीले बिदेश पलायन हने यूवालाई स्वदेशमै रोकेर ब्यवसाय गराउन सके मात्र समृद्धि हासिल हुने बताउनु भयो । सैनामैना नगरपालिका दुध,माछा,मासु र अण्डामा निभर रहेको बताउदै कार्कीले “ कृषिमा सबैलाई आकर्षित गर्न निम्ती नै अनुदान दिईको हो ” भन्नु भयो ।
कृषकलाई सम्मान र प्रोहोत्सान गरी मनोबल उच्च बनाउन नसके सम्म देश बिकास नहुने बताउदै जनताको करबाट नै अनुदान बितरण गरेकोले यसको सही सदुयोग गर्नकृषकलाई आग्रह गर्नु भयो ।
किसानहरुले गोठमा न्यूतम मापदण्डको गोठ बनाउन केही राहत होस भन्ने उद्धेश्यले अनुदान बितरण गरिएको सैनामैनाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद भण्डारीले बताउनु भयो । नगरभित्रका किसानलाई प्रोहत्सान हुने किसिमका योजना समेत नगरले बनाईरहेको भण्डारीले जानकारी गरनउनु भयो ।
सैनामैना नगरपालिकामा कृषकहरु बाट आएको मागलाई सतप्रतिशत सम्बोधन गरीएको सैनामैनाका पशु बिकास अधिकृत ईन्द्र बहादुर खड्का ले बताउनु भयो ।
सैनामैना नगरपालिकाले प्रस्ताव आवाहन गरेसंगै कृषकहरुद्धारा नगरपालिकाको कृषि बिकास शाखामा प्रस्ताव पेश गरेका थिए । आएका प्रस्तावहरु सैनामैनाका नगरप्रमुख चित्र बहादुर कार्कीको नेतृत्वमा किसानको घर गोठमा गई अनुगमन गरिएको थियो । अनुगमन पश्चात नगरपालिकाले कृषकहरुलाई अनुदान बितरण गरेको हो । नगरपालिकाले प्रति किसान २० हजार देखी ३ लाख सम्म अनुदान दिईएको हो ।

सम्बन्धित् समाचार