श्री शुद्धोदन जनजीवन मा.विमा जेष्ठ २७ गते लागेको ताला ठिक एक हप्तामा खुलेको छ । विद्यालयमा रिक्त रहेको ठाउँमा शिक्षक नियुक्ति गर्दा एकलौटी गरेको भन्दै काङग्रेस निकटका स्थानिय नेता दिपक कुमार थापाको नेतृत्वले ताला बन्दी गरेको थियो । विद्यालयमा प्रा.वि तहमा रिक्त रहेका दुई स्थायी दरबन्दीमा जनकल्यण मा.वि वकलिपुर अध्यापन गर्ने शिक्षक रेशम गिरीलाई र चण्डीका भवानि आधारभुत विद्यालय रिब्दीकोट पाल्पा अध्यापन गर्ने गिता जि.सी सरुवा भई आउन आज विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, विद्यालय प्रशासन, सर्वपक्षीय बैठकबाट विद्यालयमा लगाइएको ताला खोल्ने , विद्यालयलाई शान्ति क्षेत्र घोषण गर्ने निर्णय भएको हो ।
अब वाणगंगा ९ भित्र रहेका कुनै पनि विद्यालयलाई कुनै पनि संघसंस्था , राजनैतिक दल, जातिय संगठनबाट वन्द हड्तालबाट प्रभावित नगर्ने समेत निर्णय भएको वाणगंगा नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष धुर्व बेल्वासेले बैखरी अनलाईनलाई जानकारी दिनुभयो ।