गृहपृष्ठ Featured कपिलवस्तुमा रहेकाे डेढ सय बर्ष पुरानो आपँको रुख धार्मिक आस्थाको केन्द्र बन्दै

कपिलवस्तुमा रहेकाे डेढ सय बर्ष पुरानो आपँको रुख धार्मिक आस्थाको केन्द्र बन्दै

कपिलवस्तुको तौलिहवासंंग जोडिएको बुद्धभुमी नगरपालिका १० बहडीलवामा समयमाईको प्रतिकका रुपमा रहेको अनौठो  आँपको रुख धार्मिक आस्थाको केन्द्र बन्दै गएको छ । डेढ सय बर्ष पुरानो आपको रुख, सयममाई मन्दिर र मलंग वाबाको प्रतिक छ । यँहा पुजापठा र भाकलकालागि श्रद्धालुहरु आउने गरेको पुजारी सुग्रीव धोबीले बताउनुभयो । बिशेष गरी सोमवार र बिहीवार यहा भिड लाग्ने गरेको उहाँले बताउनुभयो ।आँपको रुखको हाँगा माथि गई  सोही हाँगा फेरी जमिनमा झरी जमिनबाट फेरी हाँगा माथि सरेका छन । करिब डेढ सय बर्ष पुरानो आँपको रुखमा देबी देवताको शक्ती रहेको स्थानीय बुढापाखा बताउछन ।स्थानीय ब्यक्तीहरुले गरेको भाकल पुरा भएपछि आँपको रुखमा देबीको बास भएको बिश्वास रहेको बताएका छन ।   आँपको रुख बिक्री गरे पछि रुख काट्न आउने मानिस बिरामी भै रुख काट्न नसकिने भए पछि रुख माथी बिश्वास भएको बताएका छन् । आँपको रुखको माथी समय माईको छाया रहेकोले रुखको पुर्ब पट्टि समय माई देबीको सानो मन्दिर स्थानियले बनाएका छन् ।बिश्वम्भर मिश्र २ दशक अघि ईटा भट्टालाई बेच्न खाजेका थिए । रुख काटने बेलामा हांगाबाट खसेर उनको हात भाच्चिएको थियो ।

अर्को पटक काटने प्रयास गर्दा माहुरीले टोकेको थियो । ‘ रुख बेचर धेरै पटक काटने प्रयास गरे तर परिवारमा केही न केही हानी नोक्नसी भई रह्यो ’ रुखधनी मिश्रले भन्नुभयो ‘ रुखमा पुर्खा र दैबी शक्तिको बास रहेको जस्तो लाग्यो ’ । रुखको चारै तिर हांगाहरु फैलिएका छन । रुखको महिमा बारे चर्चा भए पछि भारतको बिभिन्न स्थानबाट समेत रुख हेर्न आएको मिश्राले बताउनुभयो ।रुखमा देबी शक्ति भएको भन्दै कुर्मीले रुखको किनारमा समयमाईको मन्दिर समेत स्थापना गर्नुभएको छ । रुख र मन्दिरमा सोमवार र बिहीवार भक्तजनाहरुको भिड लाग्ने गरेको छ । तौलिहवा घर भई अहिले दैलेख स्थित परिवार नियोजन संघका ब्यवस्थापक विकास पोख्रेलले रुखमा साक्षात देबीको बास भएको विश्वास गर्नुभएको छ । तौलिहवा जादा हरेका मंगलावार रुखको बहडीलवामाईको दर्शन गर्ने गरेको बताउनुभयो ।‘ बहडीलवा माईले मेरा मनोकाक्षा पुरा गर्नु भएको छ ’ उहाँले भन्नुभयो।बहडीलवा माईका अर्का भक्त कृष्णकेश श्रेष्ठले दैबी शक्ति रहेको भन्दै आफनो लगानीमा नल गाडनुभएको थियो ।भारतको झरुवाबाट मंगलवार बहडीलवामा पुजा गर्न आफना ७ जना साथीहरुसंग पुगनुभएकि अनिता यादवले बहडीलवाको महिमा सुनेर आएको बताउनुभयो ।

‘ भारतमा पनि बहडीलवाको चर्चा छ त्यसैले आफना गाउ छिमेकका भक्तजनहरु समेत यहा आउने गरेका छन ’ उहाले भन्नुभयो ।  मन्दिरमा १२ बर्ष देखि पुजापाठ गदै आएका सोखा राजेन्द्र यादवले मन्दिरमा भाकल पुरा हुनेले हातीको मुर्ति राख्ने गरेका बताउनुभयो ।रुखको पश्चिम पट्टी मुस्लिम र हिन्दु दुबैले पुजआजा गर्ने मलंगवावा थान समेत रहेको छ । रुख हेर्न आउने भक्तजनाहरुले रुख, समयमाई मन्दिर र सो थानको पुजा गरी फर्कने गरेका छन । तर त्यहा पुग्न बाटोघाटोको समस्या रहेको भक्तजनाहरु गुनासो गर्छन । स्थानीय तुलसीराम यादवले बहडीलवामा धेरै भक्तजनाहरु बाटो नहुदा पुग्न कठिन भएको गुनासो गर्नुभयो । उहाँले बाटो निर्माणकालागि नगरपालिकाले चासो दिनु पर्ने बताउनुभयो । बुद्धुभमी नगरपालिकाका मेयर केशव श्रेष्ठले धार्मिक स्थलकारुपमा विकासित भएको बहडीलवा माई पुग्नकालागि बाटो निर्माणमा नगरपालिको बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सम्बन्धित् समाचार