सत्तारुढ नेकपाका सांसद योगेश भट्टराईले प्रधानमन्त्रीलाई संसदमा बोल्न नदिएको आत्मालोचना गर्नुको साटो विपक्षी दलको नेता रिसाएको विरालो झै प्रस्तुत भएको टिप्पणी गरेका छन् ।
विनियोजन विधेयकमाथि संसदमा भएको छलफलमा भाग लिँदै भट्टराईले सभामुखको आदेश नमानेको आरोप लगाए । कानून कम्युनिस्टलाई मात्र लाग्ने, दुनियाँले प्रजातन्त्रवादीको श्रीपेच लगाइदिएको पार्टीलाई कानुन नलाग्ने हुन नसक्ने उनले बताए ।
देउवा लामो समय बेलायतमा बढेको सुनेको तर, त्यहाँको संसदीय अभ्यास नबुझेको टिप्पणी गरे । उनले भने, ‘विश्वविद्यालय धेरै जानुपर्ने भएकाले होला । बेलायतको संसदतिर जान फुर्सद भएनछ । त्यसकारण बेलायतको संसदीय अभ्यास के थियो भन्ने शायद कम जानकारी भयो होला ।’