कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः १ को बैरीयामा ढल निकासिका लागी नाली बन्न लागेको छ । बैरीयमा चोकबाट उप्टहवा तथा राजपुर जाने बाटोेमा बाल माध्यमिक बिद्यालय अगाडी नाली बन्न लागेको हो । बर्षातको समयमा पानी परेर दुख पाउनु साथै ढल निकासिको समस्या झल्दै आएका बैरीयमा बासी नाली बनेपछि समस्याबाट मुतm हुने बरिष्ठ समाजसेवि दोलक राम घिमिरेले बताए । बाणगंगा नगरपालिकाको तीन लाख लागनीमा करिव ६० मिटर क्षेत्रमा नाली बन्न लागेको र अपुग पैसा स्थानिय बासिबाट उठाएर योजना पुरा गर्ने तयाारी रहेको उपभोतmा समितिका अध्यक्ष कृष्ण घिमिरेले बताए । नाली बनेपछि बर्षातको समयमा बिद्यार्थीलाई सजिलो हुनुका साथै स्थानियहरुलाई ढल गनाउने तथा जम्मा हुने जस्ता समस्या हटेर जाने बाणगंगा वडा ः १ की अध्यक्ष बालकुमारी अधिकारी पन्तले बताइन ।