गृहपृष्ठ Featured सिपमुलक तालिम बाट दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने ः थारु

सिपमुलक तालिम बाट दक्ष जनशक्ति उत्पादन गर्न सहयोग पुग्ने ः थारु

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा नं १ मा थारुजातिहरुका लागी ढकिया बुन्ने र अन्य स्थानीय समुदायहरुका लागी ५ महिने सिलाई कटाई तालिम वडाको कार्यलय वैरियामा सम्पन्न भएको छ । सो कार्यक्रममा बोल्लदै मेयर मंगल प्रसाद थारुले सिपमुलक तालिम बाट यस क्षेत्रमा दक्ष जनसक्ति उत्पादन गर्न सहयोग पुग्ने बताउदै आफुले सिकेका कुरा व्यवहारमा प्रयोग गर्न आग्रह समेत गर्नु भयो । ढकिया बनाउने तालिमले थारु जातिको सस्कृत झल्काउने र समाज विकासमा सहयोग पुय्याउने भएकाले नगरपालिका बाट बजारीकरण गर्न पुर्ण सहयोग गर्ने छ भन्दै सुन्दर नगर सामुन्नता बनाउन स्थानीय वासिन्दाहरुको साथ आवश्यक रहेको र सामाजिक , आर्थिक विकासका लागी सिपको आवश्यक रहेको कुरा मेयर थारुले बताउनु भएको थियो ।

सो कार्यक्रममा बालकुमारी पन्थको अध्यक्षता बाणगंगाा का मेयर मगंल प्रसाद थारु को विशिष्ट आतिथ्यता वडा २ का अध्यक्ष विष्णु प्रसाद पौडेल,वडा ४ का अध्यक्ष गणेश क्षेत्री पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डे लगायतको आतिथ्यता रहेको कार्यक्रम वडा सचिव गोविन्द आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित् समाचार