आज देशभर वर्षा देशका पश्चिम र मध्यपश्चिम क्षेत्रमा बिहानैदेखि पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौमस पूर्वानुमान महाशाखाले जनाएको छ। जाजरकोट, डोल्पा सुर्खेत, जुम्ला, हुम्ला, मुगु, नवलपरासी, पर्सा, गोर्खा लमजुङ स्याङ्जा लगायतका पश्चिम र मध्य पश्चिम क्षेत्रहमा शनिबार बिहानैदेखि पानी परिरहेको छ। महाशाखाका मौमसविद् समीर श्रेष्ठका अनुसार पश्चिम र मध्यपश्चिममा पानी पर्ने प्रणाली दिउँसोपख कमजोर भएर पानी पर्न रोकिने छ भने तराई क्षेत्रमा पानी पर्नेछ। बेलुकासम्म देशका अधिकांश स्थानको मौसम बदली भएर मेघ गर्जनसहित पानी पर्ने मौसमविद् श्रेष्ठले बताए। पश्चिमी वायु, पूर्वी वायु र मनसुनको सक्रियताका कारण शनिबार देशभर पानी पर्ने महाशाखाले जनाएको छ। शनिबार बिहान काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० डिग्री सेल्सियस मापन भएको छ। दिउँसो तापक्रम बढेर २८ देखि ३० डिग्री सेल्सियस पुग्ने महाशाखाले अनुमान गरेको छ।
आज देशभर वर्षा
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैदेशका विभिन्न स्थानमा मतगणना जारी
३ घण्टा अघि
देशभर कहाँ कति मत खस्यो ? यस्तो छ जिल्लागत विवरण
५ घण्टा अघि
बाँकेमा ६३ प्रतिशत मतदान
६ घण्टा अघि
नवलपरासीका २२ कांग्रेस नेतालाई कारबाही सिफारिस
७ घण्टा अघि








