गृहपृष्ठ Featured प्रहरीको बेवास्ताले गर्दा पिडित ले न्याय पाएनन।।

प्रहरीको बेवास्ताले गर्दा पिडित ले न्याय पाएनन।।

प्रकाशित मिति:

जेष्ठ २० गते बैरीया चोक नजिकै राती १० बजे भएको दुर्घटनामा परी वाणगंगा नगरपालिका ३ सिउटी निवासी २२ वर्षीय रामप्रसाद थारुको मृत्यु भएको आज १८ दिन पुगिसक्दा पनि इलाका प्रहरी कार्यालय पिपराले यस बारेमा केही अनुसन्धान नगरेको थारुका आफन्तले गुनासो गरेका छन् । जेष्ठ २१ गते २२ वर्षीय थारुको लुम्बिीनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको थियो । शिवलक्ष्मी आल्मुनियम सप्लार्यस वैरियामा काम गर्ने २२ वर्षीय रामप्रसाद थारुलाई ट्रकले ठक्कर दिएको मृतकका आफन्तले बताएका छन् । इलाका प्रहरी कार्यालय पिपराले गाडी धनी र चालकलाई कारबाही नगरेको र अनुसन्धानमा लापर्वाही गरेको मृतकका दाजु कृष्ण थारुले आरोप लगाउनुभयोे । उहाँले प्रहरीले सिसिटिभि फुटेज माग्दा पनि दिन नमिल्ने बताएको गुनासो गर्नुभयो । आफूहरु प्रहरी कार्यालयमा धाउँदा धाउँदा निकै थकीत भएको र आजभोली प्रहरीले आफूहरुको फोन पनि उठाउन छोडेको उहाँको गुनासो रहेको छ । सिसिटिभी फुटेजमा देखिएको घटनाक्रम अनुसार अनुसन्धान गर्न सहज हुने बताइए पनि अनुसन्धानमा प्रहरी लागिपरेको भन्दै घटना लुकाउन खोजेको पिडितका आफन्तको आरोप रहेको छ । पीडित परिवारको भनाई अनुसार सिसिटिभी फुटेज नदिनुको कारणले प्रहरीले घटनालाई लुकाउन खोजेको बताएका छन् । इलाका प्रहरी कार्यालय पिपराका प्रहरी  निरिक्षक आयुष प्रसाद जोसीले अनुसन्धान जारी रहेको बताउनुभएको छ । ट्रकले ठक्कर दिएको बताइए पनि अहिलेसम्म गाडी चालक फरार रहेको बताउँदै गाडी नम्बर पनि पत्ता नलागेको पिपरा प्रहरीले जनाएको छ । यस्तैगरी प्रहरी पिडित परिवारको सम्पर्कमा रहेको  निरिक्षक जोसीले दावी गर्नुभयो । घटना घटेको केही समयमै आफूहरुले अनुसन्धानलाइ अगाडी बढाएको प्रहरीको भनाई रहेको छ । रातीको घटना भएको कारण सिसिटिभी फुटेजमा घटनाको विस्तृत जानकारी लिन आफूहरुलाई कठिन भएको प्रहरीले बताएको छ । पीडित पक्षले सिसिटिभी फुटेज नदिएको भन्ने कुरा सत्य नभएको र आफूहरु पीडितसँगै बसेर फुटेज हेरेको प्रहरी  निरिक्षक जोसीले दावी गर्नुभयो ।

सम्बन्धित् समाचार