कपिलवस्तुको यशोधरा गाउपालिका स्थित सुठौली भन्सार कार्यालयको जग्गा खरिदका लागि आएको ३ करोड रुपैया फिर्ता पठाईएको छ । चालु आर्थिक बर्षको असोज महिना देखि लाुग हुने गरी छोटी भन्सारका रुपमा सुठौलीको स्त्तोरोन्नती गरिएको थियो । सोसंगै अर्थ मन्त्रालयले जग्गा खरिकालागि ३ करोड रुपैया निकासा गरी पठाएको थियो । तर जग्गा नै नपाईए पछि निकासा भई आएको ३ करोड रुपैया फिर्ता पठाईएको सुठौली भन्सारका प्रमुख तिर्थराज पासवानले बताउनु भयो । तोकिएको सयममा जग्गा किन्न असमर्थ भएपछि अर्थ मन्त्रालयले रकम फिर्ता गर्न निर्देशन दिएको उहाले बताउनु भयो । मर्यादपुर बजारको पश्चिम पट्टी उपयुक्त र पर्याप्त जग्गा रहेको भन्दै पटक पकट अनुगनन र निरीक्षण गरिएको उहाले बताउनु भयो ।
प्रजिअको संयोजकत्वमा रहेको जग्गा खरिद समितिले समेत जग्गा खरिदकालागि धेरै पहल गरे पनि बिफल भएको उहाले तर्क गर्नु भयो । ‘ गाउपालिका प्रमुख गिरीजेश कुमार पाण्डेयको नेतृत्वमा समेत जग्गा खरिदकालागि पहल भएको थियो । तर केही उपलब्धी नभएको उहाले गुनासो गर्नुभयो । गाउपालिका प्रमुख गिरीजेश पाण्डेयले रकम फिर्ता गएकोमा दुःख ब्यक्त गर्नुभयो । ठूलो भन्सार नाकामा स्तरोन्नतिको निर्णयपछि बिभागले आवश्यक कर्मचारीलाई भन्सारमा खटाए पनि आवश्यक भौतिक पूर्वाधारको अभावले भन्सारदेखि सीमा नाकासम्म मालबाहक सवारीको जाँचपाँसका क्रममा आवागमन प्रभावित हुँदै आएको छ । आवश्यक पुर्वाधार अभावले २१ जना कर्मारीहरु पनि पुरानै भवनमा बसेर सेवा दिन बाध्य छन ।