गृहपृष्ठ खबर बाणगंगा ४ झुँगामा रहेको मुहान क्लवमा नयाँ नेतृत्व चयन

बाणगंगा ४ झुँगामा रहेको मुहान क्लवमा नयाँ नेतृत्व चयन

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा ४ झुँगामा रहेको मुहान क्लवमा नयाँ नेतृत्व चयन भएको छ । कुवेरापुरको सामुदायिक भवनमा आज सम्पन्न भएको क्लवको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशनले सर्वसम्मत रुपमा युवा ब्यावसायी रविन्द्र प्रताप सेनको अध्यक्षतामा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो । जसको निवर्तमान अध्यक्षमा प्रकाश सेन, उपाध्यक्षमा सागर सेन, सचिवमा रमाकान्त पौडेल, सह सचिवमा विन्दु सेन, कोषाध्यक्षमा कृष्ण कुमारी उच्चै रहनु भएको छ । यस्तै क्लवको सदस्यहरुमा दिपक उचै, नविन शर्मा, टेक बहादुर गाहा, रोशन गौतम र दिपक केसी चयन हुनुभएको छ ।

अधिवेशनले आजै क्लवको संरक्षक ,सल्लाहाकार र मिडिया संयोजकको पनि टुंगो लगाएको छ । यसरी चयन हुने संरक्षकहरुमा झुँगा कुलापानी समितिका अध्यक्ष कुपिन्द्र प्रताप सेन, राजु सेन, रविन्द्र प्रताप सेन (राजु) रहनुभएको छ भने युवा ब्यावसायी रनेन्द्र प्रताप सेनको संयोजकत्वमा राजन सेन, छविलाल रेश्मी गोविन्द पौडेल,पदमलाल मल्ल र राम सेनलाई सल्लाहाकारको रुपमा सर्वसम्मत चयन गरेको छ । यस्तै मिडिया संयोजकको रुपमा रेडियो मायादेवीका स्टेसन म्यानेजर चन्द्रकान्त न्यौपानेलाई सर्वसम्मत चयन गरिएको छ । बिभिन्न पदमा चयन हुनुभएका सबैलाई अतिथिहरुले खादा र अबिरले सम्मानित गर्नुभएको थियो ।
यसैबीच क्लवको १६ औँ साधारण सभा तथा आठौँ अधिवेशनको खुला सत्रमा बोल्ने वक्ताहरुले समाज रुपान्तरणको लागि युवाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । प्रमुख अतिथिको रुपमा बोल्दै बाणगंगा वडा नम्बर ४ का वडाध्यक्ष गणेश क्षेत्रीले समाज सुधार्ने मुख्य जिम्मा युवाहरुको काँधमा रहेको बताउँदै युवाको शक्तिलाई सामाजिक सेवामा लगाउनु पर्ने बताउनु भयो । युवाहरुले चाहेमा जे पनि गर्न सक्ने भन्दै क्षेत्रीले मुहानको नयाँ नेतृत्वले नगरमै उदाहरणीय काम गरेर देखाउनेमा आफू आशाबादी रहेको बताउनु भयो । क्लवहरु खोलिनु,गठन हुनु ठुलो कुरा नभई त्यसले समाजमा निभाउने भूमिका महत्वपूर्ण भएको भन्दै क्षेत्रीले कानुनी प्रकृया पुरा गरी पादर्शी ढंगले सामाजिक गतिविधि गर्दै गए आफूले क्लवलाई भरपुर सघाउने प्रतिवद्धता जनाउनु भयो ।
यस्तै विशिष्ट अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष छविलाल रेश्मीले खेलकुदको क्षेत्रमा क्लव जिल्लामै उत्कृष्ट रहेका बताउँदै अबको नेतृत्वमा सामाजिक गतिविधि संचालन गर्ने मुख्य दायित्व रहेको बताउनु भयो । आफू क्लवको पूर्व उपाध्यक्ष रहेको बताउँदै अध्यक्ष रेश्मीले क्लवलाई आफू र आफ्नो संस्थाको पुरापुर सहयोग रहने बताउनुभयो । जिल्ला खेलकुद विकास समितिको नेतृत्वमा रहेर मुलुककै उत्कृष्ट समितिको रुपमा स्थापित गराउनुमा मुहान क्लवको प्रत्यक्षअप्रत्यक्ष योगदान रहेका भन्दै उहाँले खुसी ब्यक्त गर्नुभयो ।

सम्बन्धित् समाचार