राम बहादुर बिश्वकर्मा,प्युठानका स्थानीय तहहरुले संबिधानले दिएको अधिकारको प्रयोग गर्दै कामलाई तिब्रता दिएका छन् । ९ वटा स्थानीय तह रहेको जिल्लामा एकले अर्काको काम हेर्दै प्रतिस्पर्धा गर्न थालेका छन् । प्युठान नगरपालिकाले ‘हरियाली प्युठान नगरपालिका निर्माण गर्ने भएको छ । नगरपालिकामा पर्ने सडकमा बृक्षारोपण गरि हरियाली प्रबर्द्धन गरि बाताबरण मैत्री सडक बनाउने उद्देश्यले यस्तो योजना अगाडी सारिएको हो। आर्थिक वर्ष २०७६।०७७ को बार्षिक नीति कार्यक्रम तथा बजेट सार्वजनिक गर्दै नगर प्रबक्ता लक्ष्मिअप्रकाश राजभण्डारीले खोलामा ड्याम बाँध्नेसम्मका योजना तथा कार्यक्रमहरू अगाडी बढाएको बताए । यस्तै प्युठान नगरपालिकाले ५२ वटै बिध्यालयका बालबालिकालाई माध्यामिक तहसम्मको शिक्षालाई अनिबार्य निशुल्क गराउन यसै शैक्षिक सत्रदेखि बिद्यार्थीको भर्ना शुल्क पूर्ण रुपमा मिनाहा गर्ने र त्यसका लागि लाग्ने शुल्क नगरपालिकाबाट ब्यहोर्ने लगायतका निर्णयहरु गरेको छ । यसै गरी सबै बिद्यालयमा आई सिटि मार्फत पठन पाठन गरिने पनि उहाँले बताउनुभयो । त्यसको लागी आबश्यक सामान खरिद गर्ने काम भइरहेको प्युठान नगरपालिकाले जनाएको छ । त्यस्तै खोलाले लगेको , बाटोको मापदण्ड अनुसार घर बनाएका जग्गाधनीले हाल सम्म शतप्रतिशत कर तिर्दै आउनुपरेको र परम्परालाई तोड्दै नगरपालिकाले १० प्रतिशत मात्र सम्पती कर सुरु गरेपछि स्थानीयमा खुसी छाएको छ । सरकारले केही वर्ष पहिलेदेखि नै पूरा कर लिए पनि प्युठानमा भने पहिलोपटक यस्तो कार्यको सुरुवात हुने गरिएको हो । यस बर्ष लक्षित बर्गलाई थप प्रोत्साहित गर्ने कार्यक्रम ल्याएको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । सँस्कृति तथा पर्यटन प्रर्बद्धनका लागि पनि आवश्यक बजेट बिनियोजन गर्ने निर्णय गरेको नगर प्रमुख कक्षपतिले बताउछ्न । प्युठान नगरपालिकाले आगामी तीन वर्षभित्रमा गाउँका घरघरमा पुर्याउने महत्वकांक्षी योजना अगाडी बढाएको छ । नगर प्रमुख कक्षपतिले कृषि र पशुपालन क्षेत्रलाई प्राथमिकतामा राख्दै युवालाई सीप तालिम प्रदान गराई आत्मनिर्भर बनाउने बताए । प्रत्येक १० वटै वडामा स्वास्थ्य चौकीहरुमा सेवा ब्यबस्था मिलाउने, ८४ बर्ष भन्दा माथिका वृद्ध बृधा लाई घरमै गइ बिरामीहरुलाइ निःशुल्क औषधीको ब्यबस्था गर्ने घर घरमा खानेपानीको धारा व्यवस्था गर्ने बताए । स्थानीय सरकारसँग जनता कार्यक्रम अन्तर्गत विपन्न, अशक्त तथा अपाङ्गहरुलाई सुरक्षित खानपानको व्यवस्था गरिने अभियानलाई निरन्तरता दिईने बताए । उनले युवा, महिला, सहित लक्षित समुदायलाई सशक्त बनाउदै अगाडि लैजाने, पर्यटन क्षेत्रमा प्युठान नगरपालिकालाई परिचित गराउने थप योजना रहेको बताए । नगरपालिकाले अतिविपन्न घरपरिवारको स्वास्थ्य बिमा कार्यक्रमलाई अगाडी बढाएको छ । नगर प्रमुख कक्षपतिले भने, आगामी वर्ष कृषि तथा पशुपालनलाई ध्यानमा राखेर बजेट विनियोजन गरिएको छ । लक्षित समुदायमा केन्द्रीत रहेर नीति तथा कार्यक्रम अगाडी बढेका छन् ।’ कृषि तथा पशुपालनका साथै शिक्षालाई जोड दिएर बजेट, नीति तथा कार्यक्रम बनाएको छ ।

उनले महिला दलित जनजातिहरुको क्षमता र सीप विकास गरी उनीहरुको आयआर्जनमा बृद्धि गर्न, किसान, तथा परम्परागत सीपको विकास गर्न नगरपालिकाले सहयोग गर्ने कार्यक्रम रहेको बताए । नगरपालिकाले गाउँमा फोहोर व्यवस्थापनलाई तथा पर्यटनलाई ध्यानमा राखेर बजेट बनाएको छ । नगरपालिका लाई सवल, समृद्ध, बनाउदै सुन्दर र शहरको विकास गर्ने बताए । उनले खरका छाना विस्थापित गर्ने, स्वास्थ्य बिमा, ई हाजिरी, फोहोर ब्यावस्थापन लगायतका कार्यक्रम अगाडी बढाईएको बताए । प्युठान नगरपालिकाका प्रबक्ता लक्षमिप्रकास राजभण्डारीले पाँचौ नगर शभा बाट पारित ६४ करोड ५० लाख रुपैयाँ बराबरको आयब्यय पत्रकार सम्मेलन मार्फत् जानकारी गराए । उनले आगामी आर्थिक वर्षमा पुल तथा भौतिक पुर्वाधार, खानेपानी, सिंचाई, शिक्षा, कृषि तथा पशुपालन, पर्यटन संस्कृति, खेलकुद, स्वास्थ्य, युवा स्वरोजगार, तटबन्ध तथा बिद्युतीकरण जस्ता कार्यक्रमहरु नगरपालिकामा निरन्तरता दिने बताए ।