गृहपृष्ठ Featured प्रशासन आउने सेवाग्राहीलाई स्वच्छ पानी

प्रशासन आउने सेवाग्राहीलाई स्वच्छ पानी

प्रकाशित मिति:

जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राहीलाई लक्षित गर्दै प्रशासन कार्यालयमा खानेपानीको व्यवस्था गरिएको छ । यस वर्ष अहिले सम्मकै ४३ डिग्री सेल्सियस मापन गरिएको कपिलबस्तुमा दिन प्रतिदिन गर्मी बढ्दै गएपछि पानीको माग समेत बढ्दै गएको छ । बिभिन्न कामले सदरमुकाम तथा प्रशासन कार्यालय पुग्ने सर्वसाधारण यात्रु तथा सेवाग्राहीलाई खानेपानीको समस्या देखिएपछि कपिलबस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष सुदिप पौडेलको विशेष पहलमा प्रशासनमा निशुल्क खानेपानीको व्यवस्था गरिएको हो । प्रचण्ड गर्मीमा बिशेष गरि बृद्धबृद्धा र बिपन्न बर्गलाई मध्यनजर गर्दै चिसो र स्वच्छ पानीको व्यवस्था गरिएको छ । बढ्दो गर्मीमा ड्युटीमा खटिने प्रहरी र बाटो हिँड्ने बटुवाको प्यास मेटाउने उद्देश्यका साथ पानीप्रशोधन गर्दै चिसो बनाइरहने ब्लुमाउण्ट नामक मेसिन जडान गरिएको वडाध्यक्ष पौडेलले बताए ।

शुक्रबार उक्त फिल्टर मेसिनको प्रमुख जिल्ला अधिकारी अर्जुन पोख्रेल र कपिलबस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले उद्घाटन गरेका हुन् । गर्मीयाममा सेवाग्राहीको सहजताको लागी फिल्टर जडान गरेको भन्दै प्रमुख जिल्ला अधिकारी पोख्रेलले वडा कार्यालयप्रति आभार प्रकट गरे । अव सेवाग्राहीहरुले निशुल्क खानेपानीको उपभोग गर्न पाउने उनले बताए । वडाध्यक्ष पौडेलले सुरक्षार्थ खटीने सुरक्षाकर्मी, सेवाग्राही र नगरबासीको आवश्यक्तालाई पुर्ती गर्नु मानवीय दायित्व भएको भन्दै हातेमालोको आवश्यक्ता रहेको औल्याए । दैनिक रुपमा पानी उपलव्ध गराइने गरि समन्वय गरिएको उनले बताए । कुल १ लाख ५० हजार लागतमा लगाइएको उक्त मेसिनबाट प्रतिघण्टा ४० लिटर फिल्टर चिसो पानीको ब्यबस्था हुनेछ । फिल्टर जडान पश्चात प्रशासनबाट प्रदान गरिदैँ आएका सेवा थप प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

सम्बन्धित् समाचार