गृहपृष्ठ Featured कपिलवस्तु डान्सिङ्ग स्टार आयोजना हुदै

कपिलवस्तु डान्सिङ्ग स्टार आयोजना हुदै

प्रकाशित मिति:

“हिड्ने छौ राखेर फरक सोच, बनाउने छौ फरक धार, बस्ती बस्तीमा लुकेका प्रतिभा बन्ने छन कपिलवस्तु डान्सिङ्ग स्टार” भन्ने नाराका साथ जिल्लामै पहिलो टेलिभिजन रियालिटी सो आयोजना हुन थालेको छ । छमछमी कला केन्द्र कपिलवस्तुको आयोजनामा प्रथम कपिलवस्तु डान्सिङ्ग स्टार आयोजना गर्न थालिएको हो । रियालीटी सो को पहिलो अडिसन चन्द्रौटा, दोस्रो अडिसन जितपुर, तेस्रो अडिसन तौलिहवा, चौथो अडिसन गोरुसिङ्गे र मेगा अडिसन ईमिलियामा हुने छ । रियालिटी सो तर्फको टप १६, टप १२ र टप ८ पछि क्रमश सेमिफाईनल र फाईनल राउण्ड सम्पन्न गरिने आयोजकले जनाए । अषाढ ११ गते बाट शुरु हुने अडिसनको फाईनल भने साउन ४ गते हुने जनाईएको छ । रियालिटी सो को १५ ईभेन्ट बुटवल स्थित बुद्ध सामुदायिक टेलिभिजनमा प्रशारण हुनेछ ।

प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रोलाई २१ हजार १ सय ११ र तेस्रो हुनेलाई ११ हजार १ सय ११ रुपैया नगद पुरस्कार प्राप्त गर्ने छन । जिल्ला भित्र रहेका लुकेका प्रतिभालाई प्रोत्साहन गर्ने, नृत्य मार्फत कला संस्कृतीको संरक्षण गर्ने तथा बिजेतालाई मयुजिक भिडियो खेलाउने उद्धेश्यले प्रथम कपिलवस्तु डान्सिङ्ग स्टार आयोजना गर्न थालिएको छमछमी कला केन्द्र कपिलवस्तुका उपाध्यक्ष दिपक भण्डारीले जानकारी दिए । यस अघि कला केन्द्रले देउसी भैलो आदी खेलेर बिभिन्न सामाजिक कार्यमा सहयोग गरेको स्मरण गर्दै जिल्ला भित्रका लुकेका प्रतिभा पहिचानका लागी कार्यक्रम सहयोगी हुने छमछमी कला केन्द्रका अध्यक्ष तथा कार्यक्रमका संयोजक सुमन पौडेलले बताए ।

सम्बन्धित् समाचार