कपिलवस्तु नगरपालिका वडा नम्बर ३ रामघाट तटमा निर्मित मलामी प्रतिक्षालय वडालाई हस्तान्तरण गरिएको छ । कपिलवस्तु नगरपालिका र समयमाई बचत तथा ऋण सहकारी संस्था लिमिटेडको संयुक्त लगानीमा निर्मित मलामी प्रतिक्षालय वडालाई हस्तान्तरण गरिएको हो । सहकारीको ४ लाख १४ हजार १४ रुपैया र कपिलवस्तु नगरपालिकाको ६ लाख आर्थिक सहयोगमा निर्मित प्रतिक्षालयलाई सहकारीका अध्यक्ष मधुसुदन श्रेष्ठले नगर प्रमुख किरण सिंह र वडा अध्यक्ष प्रकाश गैरेलाई हस्तान्तरण गरेका हुन । सहकारीको अगुवाईमा रामघाट तटमा ३६ बाइृ १२ फिटको प्रतिक्षालय, शौचालय, स्लयाप, आवश्यक माटो पटान र धारा लगायतको पुर्वाधार निर्माण गरिएको हो । सो अवसरमा बोल्दै निर्माण समितीका संयोजक रमेश शर्माले बिगतमा बर्षा र गर्मीका समयमा मलामीले सास्ती खेप्दै आए पनि प्रतिक्षालय निर्माण पछि सो समस्या समाधान भएको बताए ।
निर्मित संरचनालाई व्यवस्थित र संरक्षण गर्न सबैको सरोकार बृद्धि हुनु पर्नेमा शर्माले जोड दिए । निर्मित प्रतिक्षालयमा दुई थान सोलार प्यानल, बिद्युतीकरण र सिढी र रेलिङ्ग बनाउन नगरपालिकाले सहयोग गर्ने नगर प्रमुख किरण सिंहले प्रतिबद्धता जनाए । सामाुदायिक कार्यका लागी सहि निष्ठाले गर्ने हरेक योजनामा सहयोग गर्न प्रतिबद्ध रहेको नगर प्रमुख सिंहको भनाई थियो । कार्यक्रममा बोल्दै सहकारीका अध्यक्ष मधुसुदन श्रेष्ठ, वडा अध्यक्षहरु सुदिप पौडेल, राम भजन कलवार, प्रकाश गैरे, तौलिहवा उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादिन कुर्मी लगायतले निर्मित प्रतिक्षालयको व्यवस्थापन र संरक्षणमा सबै चासो अभिबृद्धि हुनु पर्नेमा जोड दिए ।