कपिलवस्तुको तौलीहवाबाट काठमाण्डौ जान लागेको बस दुर्घटनामा परेको छ । तौलीहवाबाट साझ काठमाण्डौका लागी छुट्ने सलिना बस दुर्घटनामा परेको हो । दुर्घटनामा परि तीन जना गम्भीर घाइते हुनुका साथै १५ जना सामान्य घाइते भएका छन । सालझण्डी र बासगडीको बिचमा श्रीनगर भन्ने स्थानमा बस दुर्घटनामा परेको हो । तिव्र गतिका कारण सडक छेउको पोलमा ठोक्कीएर बस सडक भन्दा २० मिटर तल पल्टेको ईलाका प्रहरी कार्यालय सालझण्डी जनाएको छ ।
तौलीहवाबाट काठमाणडौ जान लागेको बस रुपन्देहीमा दुर्घटना । तीन जना गम्भीर घाइते
लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैजीवन सुधार परियोजनाको संयुक्त अनुगमन
२ घण्टा अघि







