कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका चार नः जितपुर स्थित प्रहरी बिट प्रहरीले प्रयोग नगर्दा हाल आएर युवाहरुले धुम्रपान तथा गाँजा खाने ठाउका रुपमा परिणत भएको छ । प्रहरि बिटको ढोका लगाएर बिहानै बाट साझसम्म केटाहरु भेट हुने तथा गाँजा खाने ठाउका रुपमा प्रहरि बिट परिणत भएको हो ।
हाल आएर प्रहरिबिट चोकबाट टाढा रहेकोले प्रयोगमा नआएको प्रहरीले बताएको छ । बिहानबाट साझसम्म युवाहरु भुल्ने र बिग्रने ठाउका रुपमा प्रहरि बिट प्रयोग हुदा आफुललाई दुख लागेको बाणगंगा वेलफेयर सोसाइटीका अध्यक्ष राज कुमार खाणले बताएका छन । निमार्ण हुन साथ प्रयोगमा आएको प्रहरिबिट शसस्त्र पहरी बल र जनपथ प्रहरिबिच बिवाद भएकाले प्रयोगमा नआएको बुझिएको छ । दिनभर शसस्त्र प्रहरी बलका जवानहरु बिटमा सुत्ने गरेपछि जनपथ प्रहरिले उक्त बिट प्रयोग गर्न छोडेको हो ।
युवाहरु बसेर गफिने र गाँजा खाने ठाउका रुपमा परिणत भएपछि आफुहरुले समयसमयमा ईलाका प्रहरी कार्यालयलाई जानकारी गराएको अध्यक्ष खाणले बताए ।२०७२ सालमा शसस्त्र प्रहरि र जनपथ प्रहरीेकै मागमा स्थानिय बाणगंगा वेलफेयर सोसाइटी , सिद्धार्थ नगर बजार बिकास समिति र मनकामना सामुदायिक बनले आफनो लगानीमा प्रहरि बिट स्थापना गरि प्रहरिलाई हस्तान्त्रण गरेका थिए । प्रयोगमा नआउने भए प्रहरीले देखावटीका लागी मात्र माग्न नहुने थियो भन्दै प्रहरिबिटको प्रयोग गर्न उनले आग्रह गरेका छन । नत्र अव अन्य समाजिक प्रयोजनमा उपयोग गरिने या त तत्काल चावी लगाइ दिने अध्यक्ष थापाले बताए ।
करिव ३ बर्षबाट प्रहरिबिट प्रयोगमा नआएको हो । यस बिषयमा ईलाका प्रहरी कार्यालय पिपराका प्रहरि निरिक्षक आयुष प्रसाद जोशीले स्थानियले प्रहरीका लागी बनाइ दिएकाले तत्काल आफुले प्रयोग गर्ने बताउदै आफु हालै मात्र आएकोले यस बिषयमा थाहा नभएको बताउछन । प्रहरी जवानलाई चार नः चोकमा काम गर्न असहज समेत रहेको बताउदै बिट हुदा सहज हुनुका साथै स्थानियलाई प्रहरीसगं संपर्क र सहकार्य गर्नु परेमा सहज हुने उनी बताउछन ।