बिष्णु खत्री-रुपन्देही ,जेठ २० ।
पुर्वपश्चिम राजमार्ग अन्र्तगत रुपन्देहीको सैनामैना बासगढीमा अनियन्त्रित भई बस पल्टिदा १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका देवीनगर ११ बस्ने वर्ष ५० की माया श्रेष्ठको मर्सिसिटी हस्पिटल बुटवलमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सालझण्डीले जनाएको छ ।
आईतबार साझ लु २ ख ८३९ बस अनियन्त्रित भई पल्टिदा १२ जना घाईते भएका थिए । घाईते मध्ये २ जनाको अवस्था गम्भिर छ ।
तौलिहवाबाट काठमाडौं जानका लागि छुटेको बस बासगढिमा अनियंत्रित भइ पल्टिँएको प्रहरीले जनाएको छ । घाईतेहरुको बुटवलका विभिन्न अस्पतालमा उपचार भईरहेको छ । थप विवरण आउन बाकी छ ।