गृहपृष्ठ Featured बाणगंगाका एक युवा जसले हात गुमाए तर हिम्मत गुमाएन्न (भिडियो सहित)

बाणगंगाका एक युवा जसले हात गुमाए तर हिम्मत गुमाएन्न (भिडियो सहित)

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ८ बस्ने बिष्णु बिश्वकर्माको दिनचर्या हेर्दा प्रभावित नहुने सायदै कोही नहोलान । एउटा हात गुमेपनि उनी दिनभर काम गरेको देख्दा उनलाई देख्ने उत्साहीत हुन्छन । उनी जस्तै अन्य कयौं व्यक्ति यसरी शहर बजारका गल्ली गल्लीमा छन् । तर बिकको कथा पृथक छ । रिक्सा चलाउने, ट्रेक्टर चलाउने देखि फलाम ओल्डीङ जस्ता काम सजिलै गर्ने गरेका छन । बाणगंगा नगरपालिका वडा नः ८ को मधुबन घर भएका उनी बाणगंगाकै बैरीया स्थित पाल्पा भैरव ग्रिल उद्योगमा काम गर्ने गरेका छन । दश बर्षको हुदा घरमा भाईबहिनिसगै रहेका उनलाई करेनट लागेर हात गुमाउनु परेको थियो ।

आर्थिक अभावका कारण उनले कक्षा ४ भन्दा बढि पढ्न पनि पाएनन ।
करेन्टले हात खाएपछि आफूलाई बाँच्नुको केही अर्थ छैन जस्तो लागेको बिक बताँउछन् । शारीरिक रुपमा अशक्त भएर काम गरि खान निकै गाह्रो भएको उनको भनाइ छ । उनले भने, ‘अपांग भएपछि काम गरि खान सहिजो छैन । अपांगलाई समाजले पनि राम्रोसँग हेर्दैन । ’ बेला–बेला दुःख र आसुको समुद्रबाट उम्किएर नयाँ जिवन पाए जस्तो लागि रहेको उनको भनाइ छ । अब जीवनमा बाँच्न र काम गरि खान मुश्किल नहुने उनको अहिलेको बुझाइ छ । पैसा कमाउने रहरमा भारतमा पुगे र त्यहा ग्रिल उद्योगमा काम गर्न सुरु गरे । बिकले करिव ६ बर्ष त्यहा बिताए । धेरै बस्न मन नलागेपछि नेपाल फर्किएर बुटवलमा रिक्सा चलाएर जिविका पार्जन गरेका उनी हाल आएर यहाँ स्थित ग्रिल उद्योगमा काम गर्दै आएका छन ।

मासिक १५ हजार कमाउने उनले बिस्तारै जिन्दगी सहज हुदै गएको महशुस गरेका छन । एक श्रीमति र एक छोरा रहेको उनको परिवार अहिले खुशी छ । कुनै पनि निकायबाट हालसम्म कुनै पनि सहयोग नपाएको उनको गुनासो रहेको छ । सामान्य अपाङता भएकाले पैसा पाएको देख्दा आफु अचम्म पर्ने गरेको बताउदै पहिला सहयोगका लागी धेरै ठाउमा जादा पनि सुनुवाई नभएको उनी बताउछन । ८ हजार बाट काम सुरु गरेका बिक काममा निकै मेहेनती रहेको पाल्पा भैरव ग्रिल उद्योगका सञ्चालक दिलिप थापा बताउछन । काम सिक्न र कुनै पनि कुरा एक पटक बताएपछि त्यसलाई राम्रोसगं गर्ने बानीनै उनको मलाई मन परेको सञ्चालक थापा बताउछन ।

सम्बन्धित् समाचार