गृहपृष्ठ Featured तलब भत्ता सामाजिक बिकासमा खर्च गर्ने सारु भए सम्मानित

तलब भत्ता सामाजिक बिकासमा खर्च गर्ने सारु भए सम्मानित

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा कार्यालय वडा नम्बर १ कपिलवस्तुका सदस्य सञ्जु सारु मगर सम्मानित एका छन ।  नेपाल सरकार मार्फत वडा सदस्यका हैसियतले प्राप्त हुने सम्पूर्ण तलब भत्ता वडाका विकास निर्माणमा खर्च गरे वापत वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले उनलाई सम्मानित गरेका हुन । वडा कार्यालयमा मंगलबार आयोजित सार्वजनिक सुनुवाई कार्याक्रममा उनलाई सम्मानित गरिएको थियो ।  सम्मान ग्रहण गरे लगत्तै सारुले सम्मानले आफुलाई वडाको विकासमा झन दत्तचित्त भएर लाग्न प्रेरणा मिलेको बताए ।  मेयर थारुले दोसल्ला ओढाएर मायाको चिनो हस्तानतरण गर्दै उहाँलाई सम्मान गरेको वडा सचिव गोविन्द आचार्यले जानकारी दिए । वडा अध्यक्ष बाल कुमारी अधिकारी पन्तले वडाको समृद्धिक लागि आफुलाई सम्पूर्ण वडा सदस्यहरुको साथ सहयोग रहेको भन्दै सारुको व्यक्तित्वको खुलेर प्रशंशा गरेकी थिइन । वडा सदस्य सारुले तलब भत्ता नलिई समाज सेवामा खर्च गरेको समाचार वैखरी अनलाइनबाट प्रशाकन भएपछि उनको अहिले चौतर्फी चर्चा रहेको छ ।

सम्बन्धित् समाचार