गृहपृष्ठ Featured जानिराखौँ कसरी छुट्ट्याउने सक्कली र नक्कली नोट ?

जानिराखौँ कसरी छुट्ट्याउने सक्कली र नक्कली नोट ?

प्रकाशित मिति:

काठमाडौं। नेपाल राष्ट्र बैंकले बजारमा नक्कली नोटको विगविगी हुन थालेपछि सक्कली नोट कसरी चिन्ने उपाय सिकाएको छ।  १००, ५०० र १००० रुपैयाँ दरका नोट चिन्ने उपाय सिकाएको हो।

एक हजार दरका नयाँ नोट दृष्टीविहिनहरुले छामेर नै थाहापाउँछन्। पाँच सयका नोटमा पनि विशेष सुरक्षा अपनाइएको छ।

रुपैयाँ १००० दरको नोटमा रहेका सुरक्षण विशेषताहरू सम्बन्धी सर्वसाधारणका लागि जारी गरिएकी जानकारीमूलक सामाग्री ।

१ पानीछाप (watermark)
– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा पछाडिबाट लाईट(टर्च लाईट /मोबाइलको लाईट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालिगुँरासको आकृति स्पष्ट देखिन्छ ।

-उक्त लालीगुराँसको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्र भाग ( नोटको नम्बर , सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग ) र पृष्ठ भाग (एक वटा हात्ती )भएको भाग दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

२ see Through Register
-Nepal Rastra Bank को संक्षिप्त रूप NRB को केही अंश नोटको अग्रभागमा र उक्त NRB को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।

– नोटको उक्त NRB प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट NRB देखिन्छ । उक्त NRB अक्षर नोटको अग्र भाग र पृष्ठ भाग दुवै तर्फबाट देखिन्छ ।

३ सुरक्षण धागो (Security Thread )
-सुरक्षण धागोमा NRB र उक्त NRB ऐनामा उल्टो प्रतिविम्बी रूप क्रमैसँग लगर मिलाएर लेखिएको छ

– नोटलाई सामान्य रूपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरू मात्र देखिन्छ ।

– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पुरै चौडाइ भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

-उक्त सुरक्षण धागो नोटको कागज माथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्र भाग र पृष्ठ भाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पुरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ । साथै नोटको अग्र भागमा लेखिएका वाक्यांशहरू उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

४ Intaglio print
-नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैङ्क नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १००० रुपैयाँ एक हजार तुरुन्त पाइनेछ ।”,भगवतीको आकृति ,फरक क्षमता भएका दृष्टिविहीनहरूका लागि राखिएका तीन वटा गोलाकार थोप्लाहरू आदि विशेषताहरू नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका intaglio print विशेषताहरू हुन् ।

-उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्ट भन्दा केही माथि उठेको अनुभव हुन्छ ।

रुपैयाँ ५०० दरको नोटमा रहेका सुरक्षण विशेषताहरू सम्बन्धी नेपाल राष्ट्र बैंक द्वारा सर्वसाधारणका लागि जारी गरिएकी जानकारीमूलक सामाग्री ।

१ पानीछाप (watermark)
– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा पछाडिबाट लाईट(टर्च लाईट /मोबाइलको लाईट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालिगुँरासको आकृति स्पष्ट देखिन्छ ।

-उक्त लालीगुराँसको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग ( नोटको नम्बर , सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग ) र पृष्ठ भाग (एक वटा पाटे बाघ भएको भाग )दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

२ see Through Register
-Nepal Rastra Bank को संक्षिप्त रूप NRB को केही अंश नोटको अग्रभागमा र उक्त NRB को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।

– नोटको उक्त NRB प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट NRB देखिन्छ । उक्त NRB अक्षर नोटको अग्रभाग र पृष्ठ भाग दुवै तर्फबाट देखिन्छ ।

 


३ सुरक्षण धागो (Security Thread )
-सुरक्षण धागोमा NRB , बाघको आकृति र 500 क्रमै सँग लहर मिलाएर लेखिएको छ

– नोटलाई सामान्य रूपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरू मात्र देखिन्छ ।

– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाईटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पुरै चौडाइ भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

-उक्त सुरक्षण धागो नोटको कागज माथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठ भाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पुरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ । साथै नोटको अग्र भागमा लेखिएका वाक्यांशहरू उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

– उक्त सुरक्षण धागो नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रङ्गमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रसारण नहुने ) नोटको अग्रभागमा हेर्दा उक्त सुरक्षण धागो रातो रङ्गको देखिने र नोटलाई केही ढल्काएर हेर्दा हरियो रङ्गको देखिने हुन्छ ।

४ Intaglio print
-नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैङ्क नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५०० रुपैयाँ पाँच सय तुरुन्त पाइनेछ ।”, कुवेरको आकृति ,फरक क्षमता भएका दृष्टिविहीनहरूका लागि राखिएका दुई वटा गोलाकार थोप्लाहरू आदि विशेषताहरू नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका intaglio print विशेषताहरू हुन् ।

-उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्ट भन्दा केही माथि उठेको अनुभव हुन्छ ।

-नोटमा रहेको कुवेरको आकृतिको रङ्ग नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रङ्गमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रसारण नहुने ) नोटको अग्रभागमा हेर्दा उक्त आकृति सुनौलो रङ्गको देखिने र नोटलाई केही ढल्काएर हेर्दा उक्त आकृति हरियो रङ्गको देखिने हुन्छ ।

रुपैयाँ १०० दरको नोटमा रहेका सुरक्षण विशेषताहरू सम्बन्धी सर्वसाधारणका लागि जारी गरिएकी जानकारीमूलक सामाग्री ।


१ पानीछाप (watermark)
– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा पछाडिबाट लाईट(टर्च लाईट /मोबाइलको लाईट) को माध्यमबाट नोटको उक्त स्थानमा प्रकाश प्रसारण हुँदा लालिगुँरासको आकृति स्पष्ट देखिन्छ ।

-उक्त लालीगुराँसको आकृतिको पानीछाप नोटको कागजमाथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग ( नोटको नम्बर , सगरमाथाको चित्र र गभर्नरको दस्तखत भएको भाग ) र पृष्ठ भाग (एक सिंगे गैँडाको माउ र बच्चा भएको भाग )दुवै तर्फबाट हेर्दा उत्तिकै स्पष्ट देखिन्छ ।

२ see Through Register
-Nepal Rastra Bank को संक्षिप्त रूप NRB को केही अंश नोटको अग्रभागमा र उक्त NRB को बाँकी अंश नोटको पृष्ठ भागमा एकै पटक प्रिन्ट गरिएको छ ।

– नोटको उक्त NRB प्रिन्ट गरिएको स्थानमा सामान्य अवस्थामा हेर्दा पूरा नदेखिने तर नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट उक्त स्थानमा प्रकाश प्रसारण हुँदा पूरा तथा स्पष्ट NRB देखिन्छ । उक्त NRB अक्षर नोटको अग्रभाग र पृष्ठ भाग दुवै तर्फबाट देखिन्छ ।

३ सुरक्षण धागो (Security Thread )
-सुरक्षण धागोमा NRB र 100 क्रमै सँग लहर मिलाएर लेखिएको छ

– नोटलाई सामान्य रूपमा हेर्दा नोटको अग्रभागमा उक्त सुरक्षण धागोका केही अंशहरू मात्र देखिन्छ ।

– नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा अथवा नोटको पछाडिबाट लाइटको माध्यमबाट नोटमा प्रकाश प्रसारण हुँदा नोटको पुरै चौडाइ भागमा सुरक्षण धागो रहेको देखिन्छ ।

-उक्त सुरक्षण धागो नोटको कागज माथिबाट प्रिन्ट नभई नोटको कागज बनाउने क्रममानै बनाइने हुँदा नोटको अग्रभाग र पृष्ठ भाग दुवै तर्फबाट नोटलाई उज्यालो प्रकाश तर्फ राखेर हेर्दा नोटको पुरै चौडाइ भागमा सुरक्षण धागो देखिन्छ । साथै नोटको अग्र भागमा लेखिएका वाक्यांशहरू उक्त सुरक्षण धागो रहेको स्थानमा समेत स्पष्ट प्रिन्ट भएको देखिन्छ ।

– उक्त सुरक्षण धागो नोटलाई हेरिने कोणको आधारमा फरक-फरक रङ्गमा परिवर्तन हुन्छ । सामान्य अवस्थामा (प्रकाश प्रसारण नहुने ) नोटको अग्रभागमा हेर्दा उक्त सुरक्षण धागो रातो रङ्गको देखिने र नोटलाई केही ढल्काएर हेर्दा हरियो रङ्गको देखिने हुन्छ ।

४ Intaglio print
-नोटको अग्र भागमा प्रिन्ट गरिएको “श्री नेपाल राष्ट्र बैङ्क नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ एक सय तुरुन्त पाइनेछ ।”, मायादेवीको आकृति ,फरक क्षमता भएका दृष्टिविहीनहरूका लागि राखिएका एक वटा गोलाकार थोप्लाहरू आदि विशेषताहरू नोटलाई छामेर पत्ता लगाउन सकिने गरी राखिएका intaglio print विशेषताहरू हुन् ।

-उक्त प्रिन्ट भएको स्थानमा नोटलाई छाम्दा नोटको अन्य स्थानमा भएको प्रिन्ट भन्दा केही माथि उठेको अनुभव हुन्छ ।

 

 

सम्बन्धित् समाचार