गृहपृष्ठ Featured आगमी आर्थि वर्ष २०७६ – ०७७ को बजेट ल्याउने वाणगंगा नगरपालिकाको तयारी ।

आगमी आर्थि वर्ष २०७६ – ०७७ को बजेट ल्याउने वाणगंगा नगरपालिकाको तयारी ।

प्रकाशित मिति:

कपिलवस्तुको वाणगंगा नगरपालिकाले आर्थिक वर्ष २०७६ – ०७७ को निति तथा कार्यक्रमका ल्याउने तयारी थालेको छ । आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम सहित बजेट ल्याउनका लागि आज बसेको कार्यपालिका बैठकले सोका लागि समयतालिका निर्धारण गरेको नगर प्रवक्ता विष्णु पौडेलले जानकारी दिए । आज सम्पन्न कार्यपालिका बैठकले नगरका वडागत बजेटको सिलिङ् तय गरेको छ । नगरका ११ वटै वडाका लागि नगरबाट आगमी आर्थिक वर्षका लागि कुल बजेटबाट रु. ११ करोड प्रदान गर्ने भएको छ । वडागत बजेट विनियोजनमा नगरपालिकाले वडाको जनसंख्या, भूगोल, वडाबाट राजश्व संकलनमा योगदान र वडाको भौगोलिक विकतका आधारमा सो बजेट प्रदान गरिने निर्णय कार्यपालिकाबाट भएको छ । त्यस्तै वडा भित्रको विकासका आधारमा पनि बजेट विनियोजन गरिने जनाईको छ । सो अनुसार आगामी आर्थिक वर्ष ७६/७७ मा नगरका ११ वटै वडाहरुले न्युनतम ५० /५० लाख रुपैयाँ बजेट पाउने भएका छन् ।

त्यस्तै आज बसेको कार्यपालिका बैठकले नगर भित्रका वडामा गठित टोलविकास सस्थाहरु र बस्ती स्तरमा अभिमुखिकरण जेठ २८ गते गर्ने निर्णय गरेको छ । वडा भेला असार पहिलो साता गर्ने , विषयगत समितिमा छलफलका लागि असार ५ गते ,वार्षिक कार्यक्रमका सम्बन्धमा छलफल गर्न असार ६ गते सम्मको समय तालिका निर्धाण गरेको छ ।

त्यस्तै आगामी आर्थिक वर्षको बजेटका विषयमा निति तथा कार्यक्रम असार ९ गते सार्वजनिक गर्ने र सोहि दिन कार्यपालिकाबाट स्विकृति लिई आगमी आथिक वर्षको बजेट असार १० गते पेश गर्ने गरी तालिका तय भएको नगर प्रवक्ता पौडेलले बताए । उता प्रधानमन्त्री स्वरोजगार कार्यक्रमबाट वाणगंगा नगरपालिकालाई प्राप्त भएको रु. ८७ लाख बजेटबाट नगरका ११ वटै वडामा एक÷एक र नगरपालिकाले एउटा गरी कुल १२ वटा रोजगारमुखि कार्यक्रम संचालन गर्ने तय भएको प्रवक्ता पौडेलले  जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार