गृहपृष्ठ Featured कपिलवस्तुमा मुस्लिम समुदायले धुमधामका साथ मनाए महान पर्व इद उलफित्र

कपिलवस्तुमा मुस्लिम समुदायले धुमधामका साथ मनाए महान पर्व इद उलफित्र

 मुस्लिम समुदायको महान पर्व उलफित्र इद (बुधवार) धुमधामका साथ मनाईदैछ । ईदका दिन मुस्लिम धर्मावलम्वीहरुले कपिलवस्तु नगरपालिकाको बसपार्क र छोट्की तौलिहवा स्थित ईदगाहमा पुगेर नमाज पढेका थिए ।

सानादेखि ठूला सबैले विहानै स्नान गरि सफासुग्घर भई नयाँ कपडा लगाएर पुगेका सबैले धार्मिक विधिपुर्वक नमाज पढेका थिए । सबै जना अंगालोमा बाँधिएर गला मिलाउदै खुसी साटासाट गरेका थिए । उनीहरुले ईदकाे अवसरमा गरिब विपन्नलाई दान गरेका छन् ।

छोट्की तौलिहवामा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा महिलाहरुपनि पुगेर धार्मिक बिधिपुर्वक सामुहिक नमाज पढेका थिए । सो अवसरमा शुभकामना आदानप्रदान गर्न विभिन्न राजनितीक दलका नेता कार्यकर्ता ईद गाहमै पुगेका थिए । कपिलवस्तु जिल्ला मुलुककै दोस्रो ठूला मुस्लिम बहुल क्षेत्र हो ।

सम्बन्धित् समाचार