गृहपृष्ठ Featured कपिलवस्तुमा मुस्लिम समुदायले धुमधामका साथ मनाए महान पर्व इद उलफित्र

कपिलवस्तुमा मुस्लिम समुदायले धुमधामका साथ मनाए महान पर्व इद उलफित्र

प्रकाशित मिति:

 मुस्लिम समुदायको महान पर्व उलफित्र इद (बुधवार) धुमधामका साथ मनाईदैछ । ईदका दिन मुस्लिम धर्मावलम्वीहरुले कपिलवस्तु नगरपालिकाको बसपार्क र छोट्की तौलिहवा स्थित ईदगाहमा पुगेर नमाज पढेका थिए ।

सानादेखि ठूला सबैले विहानै स्नान गरि सफासुग्घर भई नयाँ कपडा लगाएर पुगेका सबैले धार्मिक विधिपुर्वक नमाज पढेका थिए । सबै जना अंगालोमा बाँधिएर गला मिलाउदै खुसी साटासाट गरेका थिए । उनीहरुले ईदकाे अवसरमा गरिब विपन्नलाई दान गरेका छन् ।

छोट्की तौलिहवामा रहेको इमाम अहमद बिन हम्मल मस्जिदमा महिलाहरुपनि पुगेर धार्मिक बिधिपुर्वक सामुहिक नमाज पढेका थिए । सो अवसरमा शुभकामना आदानप्रदान गर्न विभिन्न राजनितीक दलका नेता कार्यकर्ता ईद गाहमै पुगेका थिए । कपिलवस्तु जिल्ला मुलुककै दोस्रो ठूला मुस्लिम बहुल क्षेत्र हो ।

सम्बन्धित् समाचार