कपिलवस्तुको बाणगंगामा लो भोल्टेजका कारण यहाँका स्थानियले सास्ती खेप्नु परेको छ । आवश्यक समयमा लो भोल्टेज आएपछि यहाँका स्थानिय सास्ती खेप्न बाध्य भएका हुन । बिशेष गरेर बाणगंगा नगरपालिकाको चार नः जितपुर, राजपुर, बैजलपुर, मोतिपुर, गजेहडामा लो भोल्टेजका कारण सो ठाउमा बस्दै आएका स्थानिय लो भोल्टेजका कारण दुख खेप्न बाध्य छन । साझ परेपछि ५ वाटको बत्ती समेत नबल्ने बताउदै यो समस्या रहेको समाजसेवि दोलकरम घिमिरे । बत्ती आएकोे बएतापनि लो भाल्टेजका कारण साझमा टुकी बाल्दाको भन्दा बढि उज्यालो नहने उनले बताए । लो भोल्टेजका कारण घरका बिद्युतिय उपकरणमा समेत समस्या हुनुका साथै उपकरण काम नलाग्ने गरीसम्म बिग्रीएका छन । बिशेष गरेर टिभि फ्रिज जस्ता उपकरणमा समस्या देखिएको उनी बताउछन ।
यस बिषयमा बिद्युत प्राधिकरण तौलीहवाका प्रमुख जय कुमार यादवसगं बुझदा एकै पटक लोड बढेका कारण जतात्यतै लो भोल्टेज भएको बताए । क्षमता भन्दा बढि प्रयोग भई रहेकाले यो समस्या गर्मी यामसम्म यथावत रहने उनले बताए । कपिलवस्तुको बाणगंगा नगरपालिकाको मोतिपुर निमार्ण भई रहेको सव स्टेशन तयार भई काम सुरु भएपछि यो समस्या समाधान हुने उनले बताए । साझ पख टिभि, फ्रिज, जस्ता उपकरण नचलाई अत्यावश्यक उपकरण मात्र चलाउन समेत उनले सबैमाआग्रह गरेका छन ।
बाणगंगाबासी लो भोल्टेजको मारमा


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैआजको राशिफल
२१ मिनेट अघि
आज सन्दीप लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ हुँदै
४७ मिनेट अघि
होटेल एसोसिएसन अफ रुपन्देही गठन
५१ मिनेट अघि
आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
१ घण्टा अघि