२० औं राष्ट्रिय सरसफाई सप्ताह अन्र्तगत मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले वातावरणको संरक्षणमा मानिसहरुको ध्यान पुग्न नसक्नु दुःखद भएको बताएका छन ।
सैनामैना नगरपालिकाकाका प्रमुख चित्र बहादुर कार्कीले वातावरण जोगाउँनको लागि प्राकृतिक श्रोत र साधनको संरक्षण गर्न आवश्यकता रहेको बताउनुभयो । पछिल्लो समय विकास निर्माणको बाहानामा वातावरणको विनाश हुँदै गएकोे बताउँदै सैनामैना नगरपालिकाले नदि , तलाउ , ताल , पोखरी संरक्षणमा लागेको कार्कीले बताउनुभयो ।
मेयर कार्कीले तराई क्षेत्रमा पानी सुक्दै गएको बताउँदै यसको सामाधानको लागि नगरपालिकाले लामीरह बहुउद्धेश्य जलशाय बनाउँने योजना अगि सारेको जानकारी दिनुभयो । सैनामैना नगरपालिका वडा नं। ३ मा बृहत्त लामीरह जलाशय निर्माण गरि चुरेलाई सुक्न नदिने कार्कीको दाबी छ ।
जलाशय निर्माणको लागि केन्द्र , प्रदेश सरकार समक्ष योजना पुराएको बताउनुभयो । चुरे क्षेत्रको जंगल संरक्षणको लागि डढेलो नियन्त्रण गर्न आवश्यकता रहेको कार्कीले बताउनुभयो ।
वातावरणमा हुने प्रदुषण नियन्त्रणको लागि नगरपालिकामा प्लाष्टिक जलाउँन निषेध गरेको जानकारी दिनुभयो । नेपाली कांग्रेस रुपन्देही जिल्ला उपसभापति फणिन्द्र प्रसाद शर्माले नदिजन्य पदार्थको दोहोन बढ्दै जाँदा वातावरणमा नकारात्मक असर पर्दै गएको बताउनुभयो ।
वातावरण संरक्षणको लागि प्राकृतिक श्रोत र साधनको दोहोन रोक्न आवश्यकता रहेको शर्माले बताउनुभयो । संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजना प्रमुख शालिकाराम भण्डारीले स्थानीयले जनप्रनिधिले प्राकृत्तिक श्रोत र साधनको संरक्षणको लागि विशेष ध्यान दिनु पर्ने उल्लेख गर्नुभयो ।
मुर्गिया खानेपानी तथा उपभोत्ता सरसफाई संस्थाका अध्यक्ष शालिकराम भण्डारीले वातावरण जोगाउँनको लागि प्लाष्टिक प्रयोगमा कम गर्नु पर्ने बताउनुभयो ।
स्थानीयमा वातावरण जोगाउँनको लागि सचेतना आवश्यकता रहेकोले कार्यक्रमको आयोजना गरिएको संस्थाका सचिब कृष्ण कंडेलले जानकारी दिनुभयो ।
‘प्राकृतिक श्रोत र साधनको संरक्षण गर्न आवश्यक’ सैनामैना ।


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकपिलवस्तुमा दुई समूहबीच झडप : ९ जना घाइते
७ घण्टा अघि
गुल्मीको छल्दी खोलामा झोलुङ्गे पुल निर्माण
७ घण्टा अघि