गृहपृष्ठ Featured वाणगगां ८ को उदाहरणीय काम । एक महिने ढाका बुनाई तालिम सम्पन्न स्वरोजगार बन्दै महिला । ।

वाणगगां ८ को उदाहरणीय काम । एक महिने ढाका बुनाई तालिम सम्पन्न स्वरोजगार बन्दै महिला । ।

प्रकाशित मिति:

वाणगगा नगरपालिका ८ मा सञ्चालित एक महिने ढाका बुनाई सिप विकास तालिम आज समापन भएको छ ।
घरेलु तथा साना उद्योग कपिलवस्तुको आयोजना, वाणगगा नगरपालिका वर्डा न ८ को सहयोगमा सञ्चालनमा भएको तालिमका सहभागिहरुलाई समापनमा प्रमाण पत्र बितरण गरीएको थियो । तालिममा वाणगगा नगरपालिका वर्डा न ८ का १७ जना महिलाको सहभागिता रहेको थियो।
समापन कार्यक्रममा बोल्दै घरेलु तथा साना उद्योग कार्यालयका अधिकृत राजन केसिले तालिम पश्चात व्यबसाय गर्ने प्रतिबद्दता गरे आगामी दिनमा तालिम थप गर्ने प्रतिवद्दता व्यक्त गर्नु भयो।
वाणगगा नगरपालिका वर्डा न ८ का अध्यक्ष गुणानिधी भुषालको अध्यक्षता,उद्यम विकास सहजकर्ता बिनय पुणासौनिको सञ्चालनमा भएको कार्यक्रममा वार्ड सदस्य नाथुराम थारु र शिव प्रसाद पाण्डे अतिथि हुनुहुन्थ्यो।
एक महिने तालिममा ढाकाको कोट , ढाकाका पछौरी लगायतका सामाग्री निर्माण गरिएको थियो। एक महिने तालिमको सहजिकरण अमृता बुढाथोकि, धनी कुमारी समौले गर्नु भएको थियो।
तालिम लिए पछि व्यबसाय सन्चालन गर्ने लक्ष्य रहेपनी मेसिन खरिद गर्न आर्थिक अभाव भएकाले एक्लै सम्भव नहुने बसन्ता घिमिरेले बताउनु भयो। यदि सस्थाले मेसिन खरिद गर्न सहयोग गरे सिकेको सिपलाइ निरन्तरता दिन्छुू उहाले भन्नू भयो।
सिर्जना मल्लको पनि भनाई उस्तै छ सीप सिकेर मात्रै के गर्नु मेसिन खरिद गर्न आर्थिकले पुग्दैनू । यदि समूह गठन गरि सामुहिक रुपमा व्यबसाय सुरु गर्न सस्थाले सहयोग गरे जिल्लालाई ढाकाका कपडामा आत्मनिर्भर बनाउने छौ सिर्जनाले भन्नुभयो।

सम्बन्धित् समाचार