गृहपृष्ठ Featured वाणगंगा ८ पुलचोकमा योजना छनौट कार्यक्रम सम्पन्न भएको छ ।

वाणगंगा ८ पुलचोकमा योजना छनौट कार्यक्रम सम्पन्न भएको छ ।

प्रकाशित मिति:

वैखरि संवाददाता जेठ २८

प्राचिन दुर्गा मन्दिर सौन्दर्यीकरण, योजना छनौट कार्यक्रम वाणगंगा ८ पुलचोकमा सम्पन्न भएको छ । प्राचीन दुर्गा मन्दिरमा मन्दीरको पहिचान र सुन्दरताका लागि फूलहरु चोप्ने कार्यका साथै सरसफाई पनि सम्पन्न गरिएको हो ।

सो कार्यक्रममा अमृता बुढाथोकीले आय व्याय प्रस्तुत गर्दै दुर्गा मन्दिर सौन्दर्यकरणका लागि २० लाख बजेट छुट्याईको र २२ लाख ७६ हजार ५ सय खर्च भएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुल्सीप्रसाद अर्यालको अध्यक्षता, वडा सदस्य गीता भुसालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रम सव डिभिजन प्रमुख उमेश शाह, योजना अधिकृत जीवन पाण्डेको विशिष्ट आतिथ्यता , मधुवन टोलविकास संस्थाका अध्यक्ष्य खिमलाल खरेल, बोडगाउँ टोलविकास संस्थाका प्रतिनिभि रामप्रसाद घिमिरे, शिवपार्वती खानेपानी उपभोक्ता समितिका अध्यक्ष चक्र भण्डारी, नेपाल किसान ट्याक्टर समितिका महासचिव झविन्द्र खनाल, शान्तीकुञ्ज मधुवन धामका अध्यक्ष राजेन्द्र गीरी, लगायतको आतिथ्यता रहेको कार्यक्र शुशिला खनालको स्वागत मन्तव्य र शान्तविक्रम पौडेलको सञ्चालनमा कार्यक्रम सम्पन्न भएकोे छ ।

यस्तै पुलचोक टोलविकास संस्थाले योजना छनौट कार्यक्रम आज सम्पन्न गरेको छ । योजना छनौट कार्यक्रममा टोलविकास संस्थाले आ आफ्नो ठाउँबाट महत्वपूर्ण योजनाहरु छलफल गरी छनौट गरेको छ । यस्तै योजना छनौट अन्ततर्गत संस्थाले वाणगंगा क्रेसरको सिंचाई बोरीङबाट जाने ३ वटा मूल कूलो मर्मत गर्ने, वाणगंगा पुलचोक टोल विकास संस्था भित्रका सम्पूर्ण बाटो ६ मिटर कायम गरी नाली व्यवस्थापन गर्ने,टोलको फोहोर व्यवस्थापन गर्ने, बिजुलीको पोल र तार खरिद गर्ने, बाणगंगा खोलाको तटबन्धन गर्ने, टोलभित्रका सडमा सडक बत्तीहरु राख्ने, केही बाटाको नाली र सडक कालोपत्रे गर्ने योजनाहरु छनौट गरिएको पनि टोल विकास संस्थाले जनाएको छ ।

सम्बन्धित् समाचार