गृहपृष्ठ Featured शिक्षक नियुक्तिमा राजनैतिक हस्तक्षेप , शुद्धोधन जनजीवन जिनुवामा तालाबन्दी

शिक्षक नियुक्तिमा राजनैतिक हस्तक्षेप , शुद्धोधन जनजीवन जिनुवामा तालाबन्दी

प्रकाशित मिति:

वाणगंगा नगरपालिका वडा नम्बर ९ जिनुवा स्थित शुद्धोधन जनजीवन माध्यमिक विद्यालयमा स्थानिय काङग्रेस नेताहरुले आज तालाबन्दी गरेको छन् । विद्यालयमा शिक्षक छनौटमा एकलौटी गरेको भन्दै स्थानीय नेता दिपक थापा को नेतृत्वमा विद्यालयमा भुवनेश्वर पौडेल , हरी पाण्डे लगाएतको समुहले तालाबन्दी गरेका हुन् । पौडेल विद्यालय व्यवस्थापन समितिका अध्यक्षका दावेदार पनि हुन् । विद्यालयमा रिक्त रहेको गणित र नेपाली विषयको शिक्षक छनौटमा मनोमानी भएका कारण न्यायोचित हुनुपर्ने माग सहित विद्यालयमा तालाबन्दी गरेको दिपक थापाले बताए । विद्यालयमा पहिले नै रहेको अर्थशास्त्र विषयक कोटामा शिक्षक ल्यउन काङ्ग्रेसले माग गरेको थियो । उक्त अर्थशास्त्र कोटामा पहिले नै विद्यालयमा विषय शिक्षकका रुपमा मनोज खत्री रहेका छन् ।


उता सोमवार सम्पन्न भएको विद्यालय व्यवस्थापन समितिको वैठकले गणित विषयको शिक्षक नियुक्त गर्ने विषयमा सहमती प्रदान गरेपछि सो समुह असन्तुष्ट भएका कारण विद्यालयको कार्यालयमा तालाबन्दी गरेको सम्बन्धित निकायले जनाएको छ । विद्यालय व्यवस्थापन समितिले आफनो निकटका शिक्षक ल्याउन सहमति प्रदान गरेको र जसका कारण विद्यालयको शैक्षिक गुणस्तरियतामा प्रभाव पर्ने भन्दै ताला लगाउनु परेको थापाले बताए । करिब एक महिना देखि सो विद्यालयमा दुई मुख्य विषयका विषय शिक्षक नहुदाँ विद्यार्थीहरुको पढाई पनि प्रभावित भएको छ ।
विद्यालय व्यवस्थापन समितिका सदस्य विन्द्र गुरुङ्गले विद्यालयमा कुनै राजनीति नगरी शिक्षक ल्याउने विषयमा सहमती सहित पठनपाठनलाई सहज बनाउनुपर्ने बताए । विद्यालयको कार्यालयमै तालाबन्दी गरेपछि शिक्षकहरु आज दिनैभर वाहिर बसेका थिए । विद्यालयमा राजनीतिक प्रबृत्ति हावि भए पछि आफुले सहज रुपमा पढ्न पाउने अधिकारबाट बञ्चित भएको कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले गुनासो गरेका थिए । विद्यालयका निमित्त प्रद्यानाध्यापक अनिता कडेलले विद्यालयमा तालाबन्दी गर्ने कार्यले शैक्षिक वातवरण विग्रिने बताउदै यसले बालबालिकाको मष्तिष्कमा असर पुग्ने बताउनु भयो ।
उता वडा अध्यक्ष धु्रव बेल्वासेले विद्यालय व्यवस्थापन समितिले विद्यालयमा निवेदन परेका मध्ये गणित विषयको शिक्षकको लागि जनकल्याण प्रावि तहको तृतीय श्रेणीका शिक्षक रेशम गिरीलाई सहमतीका लागि समितिले स्वीकृती प्रदान गरेको जानकारी दिएका छन् । विद्यालयका प्रद्यानाध्यापक टेकलाल अधिकारी भने आफ्नो अस्वस्थ्यताको कारण देखाई विदामा बसेका छन् । काङ्ग्रेस नेताले लगाएको ताला विद्यार्थीले तोडे पनि पुन काङग्रेस नेताहरु द्धारा नै तालाबन्दी गरेका थिए ।

सम्बन्धित् समाचार