आगामी सन् २०२२ मा कतारमा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि स्टेडियम बनाउने क्रममा ठुलो संख्यामा नेपाली कामदारको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
जर्मनीको एक टेलिभिजनका अनुसार हालसम्म करिब १४ सय नेपाली कामदारको मृत्यु भएको छ । जर्मनीको डब्लुडिआर टेलिभिजनले एक डकुमेट्री मार्फत उक्त तथ्यांक सार्वजनिक गरेको अरब न्युजले उल्लेख गरेको छ ।
निर्माणको क्रममा हुने दुर्घटनाका क्रममा प्रत्येक वर्ष १ सय ५० जनाको ज्यान जाने गरेको छ । डकुमेट्रीका अनुसार मृत्यु भएका नेपालीका परिवारले कुनै क्षतिपुर्ति समेत पाएका छैनन् ।
‘ट्रयाप्ड इन कतार’ नाम दिइएको उक्त अनुसन्धानात्मक डकुमेन्ट्री शुक्रबार सार्वजनिक गरिएको थियो । डकुमेन्ट्रीमा यसरी काम गर्ने कामदारले क्याम्पमा आधारभूत आवश्यकताका वस्तु बिनै बस्नुपर्ने खुलासा गरिएको छ । कामदारहरुले स्टेडियम निर्माणका क्रममा भोगका दुःख हरु डकुमेन्ट्रीमा समावेश गरिएको छ ।
३ बर्ष कतारमा बसेर पत्रकारिता गरेका दिनेश रेग्मी भन्छन्, ‘नेपालीहरुको अवस्था निकै दयनीय छ । न्युनतम ज्याला पनि दिइएको छैन् । आधारभुत आवश्यकताका कुराहरु समेत छैनन् । नेपाली कामदारहरु उद्धारका लागि नेपाली राजदुतावास दोहामा लामवद्ध देख्छु’ ।
केही नेपाली कामदारहरु साइटबाट खसेर मर्छन् भने केहीको गर्मी मौसमका कारण ज्यान जाने गरेको छ