जिल्लाको यशोधरा गाँउपालिकालाई बालमैत्री गाँउपालिका घोषणाका अभियानको तयारी शुरु गरिएको छ । सो क्रममा गाँउपालिकाको आयोजनामा तौलिहवामा दुई दिवशिय बालमैत्री स्थानिय शासन अबलम्बन तथा घोषणा सम्बन्धि गाँउपालिकास्तरीय अभिमुखीकरण आयोजना गरिएको हो । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को ग को विकास कार्य सम्बन्धि व्यवस्थाको २९ नम्बर बुदाँमा उल्लेख भएको वडा बालमैत्री बनाउने व्यवस्था अनुरुप गाँउपालिकालाई बालमैत्री बनाउन आवश्यक तयारी थालिएको हो । ऐनले नेपालका ७ सय ५३ स्थानिय तहका ६ हजार ७ सय ४३ वडालाई नै बालमैत्री स्थानिय शासनयुक्त वडा (सिएफएलजी) घोषणा गर्नु पर्ने कार्यलाई अनिवार्य गरेको छ । अभिमुखीकरणमा गाँउपालिकाका जन प्रतिनिधी, वडा अध्यक्ष, बिद्यालयका प्रअ र व्यवस्थापन समितीका अध्यक्ष, राजनैतिक दलका प्रतिनिधी, स्वास्थ्य सेवा प्रदायक, बाल समुहका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी र नेपाल प्रहरीका प्रतिनिधी रहेका छन । बालमैत्री स्थानिय शासन घोषणाका तिन चरण अबलम्बन, कार्यान्वयन र घोषणा मध्यको प्रारम्भिक चरणका रुपमा अबलम्बनको कार्य अघि बढाईएको बालमैत्री स्थानिय स्थानिय शासनका राष्ट्रिय तालिम सहजकर्ता बिष्णु चौबेले जानकारी दिए ।
अभिमुखीकरणमा बालमैत्री अभिमुखिकरण बारे जानकारी, सिएफएलजी गाँउपालिकास्तरीय समिती गठन र नतिजामुखी कार्ययोजना निर्माण, बालमैत्री सम्पर्क व्यक्ति छनौट र घोषणाका लागी समय निर्धारण तथा सामुहिक हस्ताक्षरको कार्य हुने चौबेले जानकारी दिए । बढिमा एक बर्षको अबधीमा घोषणाको लक्ष्य राखिएको अभियानमा सो पश्चात वडास्तरीय अबलम्बन अभिमुखीकरण गरि गाँउ र वडा भेलाबाट कम्तीमा १० प्रतिशत बजेट बालमैत्री घोषणाका लागी बिनीयोजन गरिने छ । गाँउपालिकालाई बालमैत्री बनाउने अभियान सफल पार्न सबै सँग समन्वयत्मक रुपमा अगाडी बढने गाँउपालिका उपाध्यक्ष कन्यावती उपाध्यायले बताईन ।
गाँउपालिकामा जनशक्ति अभाव रहे पनि अभियानलाई पुर्ण प्रयास गरिने गाँउपालिका अध्यक्ष गृजेश कुमार पाण्डेयले बताए । गाँउपालिकालाई साझर गाँउपालिका घोषणा गर्ने कार्य अन्तिम चरणमा पुगेको जनाउदै घोषणा अभियान सफल पार्न सबैको सहकार्य र सहयोग आवश्यक रहेकोमा अध्यक्ष पाण्डेयले जोड दिए । १० वटा स्थानिय तहका ७० वडा रहेको कपिलवस्तु जिल्लामा हाल सम्म शिवराज नगरपालिकाको वडा नम्बर ९ मात्रै बालमैत्री वडा घोषणा भएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर ९ र १० लाई बालमैत्री घोषणा गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । ५ नम्बर प्रदेशमै बालमैत्री नगरको रुपमा नवलपरासीको सुनवल नगरपालिका मात्रै घोषणा हुन सकेको छ ।