गृहपृष्ठ Featured कपिलवस्तुको बुद्धभुमिमा प्रेमनगर र चेत्रादेहि जोड्न पुल बन्ने

कपिलवस्तुको बुद्धभुमिमा प्रेमनगर र चेत्रादेहि जोड्न पुल बन्ने

बुद्धभुमि नगरकार्यपालिकाको  वडा नं १० मा स्थानीय घोराइ नालामा पक्की पुल बन्ने भएको छ । नगरपालिका नगर प्रमुख केशब कुमार श्रेष्ठले घेराई खोलामा निर्माण सुरु हुन गइरहेको प्रेमनगर र चेत्रादेहि जोडने पुलको सिलन्यास गरे  ।

 बहुवर्षिय योजना अन्तर्गत ३ करोड २० लाख १७ हजार ७ सय ४० रुपैयाँको लगानीमा पाइल फाउण्डेसन आर सी सी पद्धतीबाट बुद्धभुमि नगरपालिकाको लगानीमा निर्माण सुरु भएको सहो । पुलको निर्माण कार्य २ वर्ष भित्रमा सम्पन्न हुने भएको छ । स्थानीय खोलामा पुल नहूँदा हिउँदमा कजवेबाट आवात जावत गरे पनि वर्षा याममा खोला पार गर्न नसक्ने सो क्षेत्रका जनता लाभान्वीत हुने भएका हुन् । यो संगै सो क्षेत्रका झण्डै २० हजार बटुवाहरु लाभान्वित हुने भएका छन् ।

भौगोलिक विकटताका कारण समस्या भोगिरहेको स्थानहरुका विकासमा आफू लागि परेको नगर प्रमुख  केशब कुमार श्रेष्ठले बताए  । नगरपालिकाको कार्यालय बुड्डीबाट जिल्ला सदरमुकाम तौलिहवा जानका लागी सबै भन्दा छोटो दुरी पर्ने सो बाटोमा पुल नहुदा भोग्नु परेको सास्ती अब हट्ने बुद्धभुमि नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष त्रिलोकी खरविन्दले  बताए ।

सो योजना अन्तर्गत ७ सय ४६ मिटर बाटोको स्तरोन्नती समेत गरिने नगरपालिकाले जनाएको छ । सडक स्तरोन्नतीका क्रममा पुलका साथ साथै एउटा कल्र्भट पनि निर्माण हुने सो आयोजना निर्माणको जिम्मा लिएको अर्घाखाँची श्रीराम जेभिका इन्जिनियर अशोक बस्यालले जानकारी दिए ।

 २० मिटर लम्बाई रहेको सो पुलको ३० प्रतिशत काम चालु आर्थिक वर्षमा र बाँकी ७० प्रतिसत काम आउँदो आर्थिक वर्षमा सम्पन्न हुने ठेकेदार कम्पनीले जनाएको छ ।  पुल निर्माणको काम सूरुभएपछि आफुहरुलाई अव आवाजजावतमा सहजता हुने स्थानीय बहरैची केवटले बताए ।

सम्बन्धित् समाचार