गृहपृष्ठ Featured कपिलवस्तुमा एकवर्षमा ७ सयलाई जग्गाधनी पूर्जा

कपिलवस्तुमा एकवर्षमा ७ सयलाई जग्गाधनी पूर्जा

प्रकाशित मिति:

जिल्ला नापि कार्यालय कपिलवस्तुले जिल्लाका विभिन्न गाउँमा रहेका गाउंब्लक जग्गाको नापी कार्य सम्पन्न गरी पछिल्लो एकवर्षमा ७सय परिवारलाई लालपुर्जा वितरण गरेको छ । सो अन्र्तरगत विहिबार बुद्धभूमी नगरपािलका वडा नं ४ मा ५२ घरधुरीलाई जग्गाधनीको प्रमाणपत्र वितरण गरिएको हो ।लामो समय सम्म जग्गाधनीको प्रमाणपत्र नपाएका स्थानीयहरु पुर्जा पाए संगै खुसी  भएका छन्  । वडा नं ४ की धनकुमारी भुषालले जग्गाधनी प्रमाण पाएपछि निकै नै खुुुसी भइन् । लामो समयसम्म गाउँब्लक जग्गामा बस्दा प्रमाण पाइन्छ पाइन्न भन्ने कुनै निश्चित थिएन बल्ल आएर आज पुर्जा पाइयो उनले भनीन ।

वितरण समारोहमा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष पवन कुमार थारु, कार्यपालिका सदस्य खिमकला पाण्डेय, प्रशासकीय अधिकृत राजन कुमार पोख्रेल नापी कार्यालयका टोली प्रमुख महेश कुमार यादवको सहभागिता रहेको थियो । जिल्लामा यो वर्ष ७ सय बढिलाई गाउंब्लक जग्गाको लालपुर्जा वितरण गरिएको नापी अधिकृत मोहन बन्जाडेले बताए । जिल्लामा  वि.स २०२७ सालमा नापी भएको र सो वेलामा प्राविधिकको कमी भएको कारण गाउँमा एउटै कित्तामा नापेपछी गाउँब्लक हुन गएको र हालसम्म समस्या हुन गएको थियो । वि.स २०६७ सालदेखी सूरु भएको नापी यो वर्षमा सम्पन्न हुने समेत बन्जाडेले बताए । यस वर्ष बुद्धभुमी र कपिलवस्तु नगरपालिकामा गाउँब्लकको नापी गरी प्रमाणपत्र प्रदान गरिएको छ ।

सम्बन्धित् समाचार