गृहपृष्ठ Featured यशोधरा गाँउपालिकालाइ बालमैत्री घोषणा गर्ने सामुहिक प्रतिबद्धता

यशोधरा गाँउपालिकालाइ बालमैत्री घोषणा गर्ने सामुहिक प्रतिबद्धता

प्रकाशित मिति:

जिल्लाको यशोधरा गाँउपालिकालाई २०७७ असोज महिना भित्र बालमैत्री गाँउपालिका घोषणाक गर्न सामुहिक प्रतिबद्धता जनाईएको छ । तौलिहवामा सम्पन्न दुई दिवशिय बालमैत्री स्थानिय शासन अबलम्बन तथा घोषणा सम्बन्धि गाँउपालिकास्तरीय अभिमुखीकरणका सहभागीले सो प्रतिबद्धता जनाएका हुन । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को दफा १२ को ग को विकास कार्य सम्बन्धि व्यवस्थाको २९ नम्बर बुदाँमा उल्लेख भएको वडा बालमैत्री बनाउने व्यवस्था कार्यान्वयनका लागी सो निर्णय गरिएको हो । ऐनले नेपालका ७ सय ५३ स्थानिय तहका ६ हजार ७ सय ४३ वडालाई नै बालमैत्री स्थानिय शासनयुक्त वडा (सिएफएलजी) घोषणा गर्नु पर्ने कार्यलाई अनिवार्य गरेको छ ।

अभिमुखीकरणमा गाँउपालिकाका जन प्रतिनिधी, वडा अध्यक्ष, बिद्यालयका प्रअ र व्यवस्थापन समितीका अध्यक्ष, राजनैतिक दलका प्रतिनिधी, स्वास्थ्य सेवा प्रदायक, बाल समुहका प्रतिनिधी, संघ संस्थाका प्रतिनिधी र नेपाल प्रहरीका प्रतिनिधी सहभागी थिए । बालमैत्री गाँउपालिका घोषणाका लागी समय निर्धारण तथा सामुहिक हस्ताक्षरको कार्य सम्पन्न भएको राष्ट्रिय तालिम सहजकर्ता बिष्णु चौबेले जानकारी दिए । बालमैत्री घोषणाको लक्ष्य राखिएको अभियानमा सो पश्चात वडास्तरीय अबलम्बन अभिमुखीकरण गरि गाँउ र वडा भेलाबाट कम्तीमा १० प्रतिशत बजेट बालमैत्री घोषणाका लागी बिनीयोजन गरिने छ ।

बालमैत्री स्थानिय शासन घोषणाका तिन चरण अबलम्बन, कार्यान्वयन र घोषणा मध्यको प्रारम्भिक चरणका रुपमा अबलम्बन शुरुवात भएको चौबैले जनाए । अबलम्बनको चरणका ६ खुडकिला पुरा गरे सगै २०७६ श्रावण देखी कार्यान्वयनका चरणका १६ खुडकिला र अन्तिममा घोषणाका चरणका ६ खुडकिलामा कार्य सम्पादन गरि मापनका ३९ सुचक पुरा गरिने छन । आफुहरुले गरेको प्रतिबद्धता अनुसार नै तोकिएकै समय सिमामा गाँउपालिकालाई बालमैत्री घोषणा गर्न हरेक तयारी अगाडी अगाडी बढाईने गाँउपालिका अध्यक्ष गृजेश कुमार पाण्डेयले प्रतिबद्धता जनाए । १० वटा स्थानिय तहका ७० वडा रहेको कपिलवस्तु जिल्लामा हाल सम्म शिवराज नगरपालिकाको वडा नम्बर ९ मात्रै बालमैत्री वडा घोषणा भएको छ । समयमै निर्णय कार्यान्वयन गरि गाँउपालिकालाई बालमैत्री घोषणा गर्न सकिए यशोधरा जिल्लाकै पहिलो बालमैत्री स्थानिय तहको रुपमा स्थापित हुन सक्ने अवस्था रहेको छ ।

सम्बन्धित् समाचार