गृहपृष्ठ Featured कपिलवस्तुमा सुन चाँदी पसलमा रहस्यमय रुपमा भयो चोरी

कपिलवस्तुमा सुन चाँदी पसलमा रहस्यमय रुपमा भयो चोरी

प्रकाशित मिति:

कपिलवस्तु नगरपालिका वडा नम्बर १ कालिका टोल स्थित एक सुन चाँदी पसलमा रहस्मय तरिकाले चोरी भएको छ । बिनोद सुनार सञ्चालक रहेको जय माता दी सुन चाँदी पसलमा रहस्यमय रुपमा चोरी भएको हो । बुधबार राती पसलको भवन रहेको पहिलो तल्लामा रहेको पसल भित्र राखिएको लकरमा राखिएको नगद र सुन चाँदी अज्ञात समहुले चोरी गरेको हो । सञ्चालक सोनारका अनुसार लकरमा राखिएको नगद २ लाख ७० हजार र तयारी अवस्थाको १८ लाख ९० हजार मुल्यको ३० तोला सुन गरि करिब २१ लाख ६० हजार बढिको चोरी भएको छ ।

आफुहरु चौथो तल्लामा सुतेका बेला छिमेकी घरको छत हुदै तल्ला तल्लामा आएका चोरले लकरबाट सुन र नगद चोरेको सोनारले बताए । उनले बिहिबार बिहान मात्रै पसलको लकरबाट चोरी भएको जानकारी पाएर प्रहरीलाई खबर गरेको जनाए । घटना बारे जानकारी पाए सगै वडा प्रहरी कार्यालय तौलिहवाका प्रहरी नायब निरिक्षक रमेश गुरुङ्ग नेतृत्वको प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धानमा जुटेको थियो ।

प्रहरी चोरी भएको स्थलमा पुग्दा सञ्चालकले आफुहरुले लकरमा साचो नलगाई चौथो तल्लामा गएर सुतेको जानकारी दिए सगै प्रहरीले घटनालाई रहस्मय रुपमा लिएको खुल्न आएको छ । सो सगै लकरमा रहेको चाँदी चोरी नभएको र सुन समेत केहि छोडी व्यवस्थित रुपमा चोरी गरेको देखिएको छ । चोरी गरेका व्यक्तिले पसलको सटर र लकरमा कुनै तोडफोड गरेका छैनन । कतिपय झुम्का र कानबाली लगायतका सुनका तयारी गहना समेत लकरबाट झिकीए पनि चोरले लगेका थिएन । घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनामा नजिकका पारिवारिक व्यक्तिको संलग्नता हुन सक्ने आकलन सहित अनुसन्धान अगाडी बढाएको छ । “घटना अत्यन्तै रहस्मय देखिएको छ । पारिवारिक व्यक्ति सहित अन्य नजिकका व्यक्तिलाई समेत निगरानीमा राखी बिभिन्न कोणबाट अनुसन्धान अगाडी बढाएका छौ । ” जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायक उपरिक्षक देबेन्द्र पाण्डेयले भने ।

सम्बन्धित् समाचार