गृहपृष्ठ Featured कृर्षी सामाग्री पाएपछि वडा नः ८ का कृषक खुशी

कृर्षी सामाग्री पाएपछि वडा नः ८ का कृषक खुशी

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः ८ ले एक कार्यक्रमका बिच कृषकलाई कृर्षी सामाग्री बितरण गरिएको छ । वडा कार्यालयको ६० प्रतिशत र कृषक समुह ४० प्रतिशत सहभागितामा कृर्षी सामाग्री बितरण गरिएकोे हो । कृषकको आवश्यकता अनुसार मकै छोडाउने, गाई वस्तु धुने, खेतीबालीमा दवाई छिटने जस्ता २७ वटा उपकरणहरु बितरण गरिएको वडा अध्यक्ष गुणनिधि भुसालले बताए । कृषकहरुलाई ब्यवसायीमुखी बनाउने उदेश्यले यसरी उपकरणहरु बितरण गर्न लागेको बताउदै ब्यवसायीक कृर्षीमा लाग्ने कृषकलाई थप प्रोत्साहनका लागी नया कार्यक्रम समेत ल्याउने उनको भनाई छ ।

कृर्षीका लागी वडा कार्यलयले सहयोग गरेपछि कृषकहरुले धन्यवाद ज्ञापन गर्दै उपकरण पाउदा खुशी लागेको बताए । पाच लाख बराबरको उपकरण कृषकलाई बितरण गरिएको वडा सदस्य गिता भुसाल बताउछिन । वडा नः ८ मा दैनिक ४ हजार लिटर दुध उत्पादन हुने जानकारी गराउदै वडालाई दुध स्रोत केन्द्रका रुपमा बिकास गर्ने योजना रहेको वडा अध्यक्ष गुणनिधि भुसालले सो अवसरमा बताए ।

सम्बन्धित् समाचार