गृहपृष्ठ Featured वडा नः २ मा बाल सञ्जाल गठनसगै अभिमुखीकरण

वडा नः २ मा बाल सञ्जाल गठनसगै अभिमुखीकरण

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नः २ मा बाल सञ्चाल गठन भएको छ । वडा कार्यालयमा भएको कार्यक्रममा वडा भित्रका ११ वटा टोल बिकास सस्था अन्र्तगत रहेका बिद्यार्थीहरुलाई भेला गराई अभिमुखीकरण र सञ्जाल गठन गरिएको हो । बाल सञ्जालको अध्यक्षतामा सम्राट घिमिरे, उपाध्यक्षमा अभिशेक थारु, सचिवमा सपना पौडेल, कोषाध्यक्षमा अञ्जु बेल्बासे, सह सचिवमा बिमल परियार लगायत अरुणा थारु, सिसान्त आर्चाय, सिमानी थारु, जग्दीश घर्ती, नमिता भट्टराई, चेतनारायण घिमिरे, बिशाल आर्चाय, प्रिन्स पाण्डे, रक्षा न्यौपाने, पुष्पा न्यौपाने, रविन चौधरी, सुदिप मगर, बिष्णु टण्डन र रोशनी थारु सदस्यमा रहेका छन । सो अवसरमा करिव सय बढि बिद्यार्थीलाई बालमैत्री स्थानिय शासनका बिषयमा बाणगंगा नगरपालिकाका प्रशासकिय अधिकृत तुल्सीराम मरासिनि, सामाजिक शाखाकी लक्ष्मी भट्टराई र डाक्टर बिपिन जैसवालले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा बाणगंगा नगर उपप्रमुख चक्र अर्याल, वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेल लगायतले आआफनो धारणा राखेका थिए ।

सम्बन्धित् समाचार